धरान/छब्बिसौं विमल गुरुङ स्मृति पुस्तकालय राष्ट्रिय कविता महोत्सवको उपाधि रोल्पाका बिष्णु सन्यासले जितेका छन् । उनले ‘आन्दोलनका इश्वर’ शिर्षकको कविताबाट उत्कृष्ट २० लाई उछिन्दै पहिलो बनेका हुन् । bimal bijeta प्रथम बनेका उनले नगद २० हजार रुपैयासहित प्रमाण पत्र प्राप्त गरेका छन् । गर्भिणी मेरो नाम’ शिर्षकको कविताबाट धाधिङकी सुनिता दाहाल दोस्रो बनेकी छन् । त्यस्तै खोटाङका नविन प्यासी राई तेस्रो बनेका छन् । झुसिल्किरा शिर्षकको कविताबाट तेस्रो बनेका थिए । दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १५ हजार र १० हजार रुपैयासहित प्रमाण पत्र प्राप्त गरेका छन् । विजेताहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभागका प्रमुख डा. अमर गिरी, विमल गुरुङ स्मृति पुस्तकालय धरानका अध्यक्ष पूर्णबहादुर गुरुङलगायतले नगद र प्रमाण पत्र प्रदान गरेका छन् । राष्ट्रिय कविता महोत्सवमा देशविदेश गरी १६९ वटा कविताहरु स्पर्धाका लागि आइपुगेका थिए । जसमा उत्कृष्ट २० वटा कविता फाइनल राउण्डका लागि छनौट भएका थिए । फाइलनमा छनौट भएका २० वटा कवितालाई निर्णायक कवि जसराज किराती, मनु मञ्जिल, वम देवान र समालोचक महेश पौडेलले अन्तिम तीन छनौट गरेका थिए । कार्यक्रमलाई कवि हेमन यात्री र सुदीप पाख्रिनले सहजिकरण गरेका थिए । निर्णायकको तर्फबाट कवि मनु मञ्जिलले विजेता तथा उत्कृष्ट २० मा परेका कविहरुलाई शुभकामना व्यक्त गरे । उनले कविहरुमा दर्शकहरुलाई होल्ड गर्न सक्ने खुवी हुनु पर्नेसमेत बताए । प्रतियोगितासँगै अप्रतियोगी कविता तथा गजलहरु वाचन गरिएको थियो । हरेक वर्ष कवि विमल गुरुङको जन्मजयन्ती पारेर कविता महोत्सव गरिदै आएको छ । शुक्रबारबाट कविता महोत्सव सुरु भएको थियो ।