धरान/ नेपाल प्रहरीले बिरामी बच्चालाई मृत्यु भएको भन्दै आफ्नो आधिकारीक वेवसाइटमा समाचार प्रकाशन गरेपछि बिरामी बच्चाको परिवार तनाबमा परेको छ । नेपाल प्रहरीको आधिकारीक वेवसाइड erpo.nepalpolice.gov.np मा मङसिर १२ गते धरान –१५का डेड बर्षिय बालक उपहार बिकको सेफ्टी ट्याकिमा डुमेर घाईते भएपछि उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको भन्दै समाचार प्रकाशन गरेको छ ।
सोही समाचारलाई आधार मानेर अन्य सञ्चारमाध्यमहरुले पनि समाचार प्रकाशन तथा प्रशारण गरेका छन् । सेफ्टी ट्याङकीमा खसेर अचेत भएका बालक को अहिले धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको एनआइसीयुमा राखेर उपचार भइरहेको छ । बच्चाकी आमा फुलमाया बिकले उपचार हुदै गरेको आफ्नो बच्चालाई प्रहरीले मृत्यु भएको भन्दै प्रचार गरेकोमा दुख ब्यक्त गरेकी छिन् । हामीलाई आपत परेको बेला सहयोग गर्नुपर्ने निकायले उल्टै तनाब दिएको भन्दै उनले तत्काल आफ्नो कमजोरी सुधार गर्न प्रहरीलाई आग्रह गरेकी छिन् । बच्चाका बुबा २२ महिना अगाडि रोजगारीकालागि साउदी अरब गएका छन् ।
प्रहरीले सार्बजनिक गरेको गलत समाचारले हामीमाथि तनाब बढेको छ फुलमायाले भनिन् मेरो बच्चाको उपचार भईरहेको छ गलत समाचारको प्रहरीले तत्काल सुधार गर्नु पर्छ । उनले बच्चाको उपचारमा आर्थिक अभाब भएको भन्दै सहयोगकोपनि अपिल गरेकी छिन् । मेरो बच्चाले आफ्नो बुबालाई देखेको छैन,बुबाले पनि बच्चा देखेका छैनन गहभरी आशु पार्दै उनले भनिन् ‘मेरो बच्चाको उपचारमा सहयोग पु¥याइदिनुस् ।