facebooklogoइटहरी/सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुको सङ्गठन जक्सन अफ युथले पकलीमा रहेको रामजानकी वृद्धाश्रमका वृद्धाहरुलाई ३५ हजार रुपैयाँबराबरको न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ ।

जक्सन अफ युथले वृद्धाश्रममा रहेका आठजना वृद्धालाई जाडोमा लगाउने टोपी, स्वेटर, पछ्यौरा, पञ्जा, मोजा लगायतका न्यानो कपडा वितरण गरेको हो ।उनीहरुलाई एक महिनासम्म पुग्ने खाद्यान्न साथै सरसफाइका लागि आवश्यक पर्ने साबुन सरफ, लगायतका सामग्री समेत वितरण गरेको आयोजकले जनाएको छ ।

पाँच महिनाअघि स्थापना भएको सो संस्थाले काठमाडौं, सप्तरी र सुनसरीमा सामाजिक क्षेत्रमा सहयोग गर्दैआएको छ । सो समूहमा १८ सय युवायुवती सक्रिय रहेको समेत जक्सन अफ युथले जनाएको छ ।