earधरान /आज बिहान ५ बजेर २० मिनेटमा सोलुखुम्बु र रामेछापको सीमा क्षेत्रलाई केन्द्र बनाएर भुकम्प गएको छ ।भूकम्प ५।६ म्याग्निच्युड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका निमित्त प्रमुख भरतप्रसाद कोइरालाले जानकारी दिएका छन्।

भूकम्प गएपछि काठमाडौंका वासिन्दा घर छाडेर बाहिरै निस्केका छन् । उक्त भूकम्पको गहिराई १० किलोमिटर रहेको समेत अमेरिकी भूगर्भ संस्था युएसजीएसले जनाएको छ। भूकम्प सोलुखुम्बुको नाम्चे बजारबाट १९ किलोमिटर उत्तर पश्चिमको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको यूएसजीएसले जनाएको छ।

यो भूकम्पको केन्द्रबिन्दु गत वर्ष वैशाख १२ गते गएको भूकम्पकै परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि अक्टोबर १७ मा नुवाकोट केन्द्र भएर ४ रेक्टर स्केलको परकम्प गएको थियो। आज गएको भुकम्पले अहिले सम्म कुनै मानबिय क्षति नभएको बुझिएको छ । सोलुखुम्बुको नाम्जेका दुईवटा घर भत्किएको सुचना प्राप्त भएपनि आधिकारीक पुष्ट हुन सकेको छैन ।