धरान/यहाँस्थापित मितेरी विकास बैंक धरानले गतआर्थिक वर्ष नौकरोड ७३ लाख खुद मुनाफा गर्दै ३० प्रतिशत सेयर वोनस दिन सफल भएको छ । शनिबार बैंकको एघारौं साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनमा २ अर्व ३१ करोड निक्षेप संकलन गरेको छ । miteri बैंकले दुई अर्व २ करोड कर्जा प्रवाह गरेको प्रतिवेदन प्रस्तुत गरियो । २०६३ साल असोज २८ गते स्थापित बैंकले आगामी वर्ष को असारसम्म ५० करोड सेयरपूजी पुर्याउने लक्ष्य राखेको बैंकका कार्यकारी प्रमुख तुलसीप्रसाद वस्तीले बताए । उनले हाल सेयर पूजी तर्फ २७ करोड ४६ लाख रुपैया रहेको बताए । आर्थिक वर्ष २०७२/०७३ मा चारकरोड १६ लाख रुपैया कर तिर्दै बैंक पूर्वको उत्कृष्ट करदाताको रुपमा सम्मानितसमेत बनिसकेको छ । बैंकले सेयरधनीहरुलाई आगामी वर्ष ३२ प्रतिशतसम्म बोनस सेयर दिने लक्ष्य राखेको मर्जर समितिका संयोजक किशन मास्केले बताए । सेयर धनीहरुको कर प्रयोजनको लागि ३३ लाख ३६ हजार रुपैया नगद लाभांस दिने निर्णय भएको वस्तीले बताए । बैंकका ७ जना सेयर सदस्यहरुले प्रश्नसहितको सुझावसमेत राखेका थिए । उक्त प्रश्नको जवाफ कार्यकारी प्रमुख वस्ती र मर्जर समितिका संयोजक मास्केले दिएका थिए । बैंकले चाडै मोरङको विराटनगर र शनिश्चरेमा शाखा खोल्ने निर्णय गरेको छ । बैंकले आठ महिने विशेष मुद्दतीको योजना सार्वजनिक गर्दै त्यसमा वार्षिक ९ प्रतिशत व्याज दिने निर्णय गरेको छ । एकसय ७ जना संस्थापक सेयर सदस्यको एककरोड ५८ लाख सेयर पूँजीबाट स्थापित बैंकमा झण्डै ५ हजार बढी साधारण सदस्यहरु रहेका छन् । हाल बैंकको १० वटा शाखा रहेका छन् । बैंक सञ्चालक समिति अध्यक्ष अजितनारायण सिंह थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।