भोजपुर/बलात्कारकोे आरोपमा भोजपुरको दक्षिणी गाविस थिदिङ्खा–२ मा एकजना पक्राउ परेका छन् । मानसिक अवस्थासमेत ठीक नभएकी महिलालाई यही मङ्सिर ५ गते जबर्जस्ती करणी गरेको आरोपमा ४६ वर्षीय चुप्पे भनिने साङ्गे शेर्पालाई प्रहरीले बिहीबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।महिलालाई ‘घरमा चटपटे खान जाऊँ’ भन्दै जबर्जस्ती करणी गरेको पीडित परिवारको आरोप छ । शेर्पाले करणी गरेपछि पीडितले घर पुगेर अभिभावकलाई खबर गरेको परिवारको भनाइ छ ।