धरान/नवोदित कवि निराकारको ‘आजादी’ नामक कृति शुक्रबार धरानमा सार्वजनिक गरिएको छ ।
[caption id="attachment_19557" align="alignnone" width="1024"]

लोकापर्णको क्रममा कविता वाचन गर्दै कवि श्री सुब्बा । तस्बिरः भोजराज श्रेष्ठ[/caption]
वैदेशिक रोजगारीको क्रममा वेलायतमा रहेका निराकारको कृति भाषाविद् प्रा.डा. टङ्क न्यौपाने, विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङ र कवि कुन्ता शर्माले संयुक्त रुपमा लोकापर्ण गरे ।
एकसय एकवटा कविता रहेको कृतिमाथि कवि वम देवानले टिप्पणी गर्दै भने, ‘कविताले गरिवी, अन्याय अत्यचार र मुक्तिको आवाज बोलेको छ ।’ उनले कविले साम्राज्यवादको नाइके अमेरिका रहेको र त्यसका विरुद्ध बोल्ने साहस गरेको बताए । भाषाविद् प्रा.डा. न्यौपानेले विदेशमा रहेर पनि उत्कृष्ट कविता रचना गर्न सकेकोमा कविलाई धन्यवाद दिए ।
उनले कविताको प्रशंसा गर्दै कविले निराकार रहेर आफ्नो खुवी आफ्ना कविताहरुमा देखाएको बताए । निराकारको वास्तविक नाम प्रकाश सुनुवार हो । हाल उनी वेलायतमा बस्छन् भने उनी धरान–१८ स्थायी घर रहेको कविका बारेमा जानकारी दिँदै नविन राईले बताए । उनी कवि विमल गुरुङको सहयात्री हुन् ।
मोती संस्करण समितिका गोविन्द तिम्सिनाले कविता एकपछि अर्को राम्रो भएको बताउँदै कविले उन्मुक्तिको बाटो खोज्ने प्रयत्न गरेको बताए । उनले आजादी भन्दा स्वधिनता शिर्षक राखेको भए थप उत्कृष्ट हुने बताए ।
कार्यक्रममा कवि श्रेष्ठ परिक्रमा, कवि श्री सुब्बा, कवि कुन्ता शर्मालगायतले गजल तथा कविता वाचन गर्दै कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरे । कलरव धरान र विमल गुरुङ स्मृति पुस्तकालयको आयोजनामा कार्यक्रम भएको हो ।