तरहरा/ सधै शान्त रहेको इटहरी तिहारभर अशान्त बन्यो । भाईटिकाको विहान तरहरामा गोली चल्यो भने इटहरी इलाका प्रहरी कार्यलय अगाडी नै लुटपाट हुदा ब्यवसायीहरु त्रसित वनेका थिए । जिल्ला प्रशासन कार्यलय सुनसरीले राती १० बजे पछि देउसी नेखेल्न आग्रह गरे पनि तरहरामा गोली चलेको विहानको समयमासमेत देउसी भैलो भईरहेको स्थानीयवासीहरुले वताएका छन ।
इटहरी –२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा भाईटिकाको बिहान करिव पौने चार बजेतिर एक व्यक्तिले गोली चलाउँदा दुई जना घाईते भएका छन् । रविन्द्र थापा नाम गरेका व्यक्तिले चलाएको गोली लागी धनकुटा चानुवा गाविस स्थायी घर भएका तोर्ण पौडेल र सोही होटलका सञ्चालक जंग बहादुर राई घाईते भएका हुन । घाईते भएका पौडेल सो होटलमा ३ महिना देखी बस्दै आएका थिए । रविन्द्रले गोली हानी भागेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
घाईते दुवैको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानमा उपचार पश्चात घर फर्केको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । गोली चलाउने थापा फरार रहेका कारण खोजी भईरहेको प्रहरीले बताएको छ । घटना के कारणले भयो भन्ने खुल्न नसकेको डिएसपी सुवेदीले वताए । उनले भने –‘हामीले घट्नाको अनुसन्धान गदैछौ अहिले सम्म गोली चल्नुको कारण पत्ता लगाउँन सकेको छैनौ । होटलमा ठेगाना लेखाउँने रविन्द्र थापा संखुवासभा २ ठेगाना लेखेको भेटियो तर यो गलत विवरण हो ।’– उनले भने । घट्नामा मोवाईल समेत फेला पारेको र उक्त मोवाईल वाला ब्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिईसकेको वताए ।
जिल्ला प्रशासन कार्यलय सुनसरीले रातभर देउसी नखेल्न कडाई गर्ने निर्देशन दिए पनि तरहरा प्रहरी चौकीको कमजोरीको कारण रातभर देउसी भैलो कार्यक्रम भएको स्थानीयवासीहरुले बताए । तरहराका स्थानीयवासी अनिल भट्टराईले तरहरामा गोली चलेको दिन विहान ४ वजे सम्म देउसी कार्यक्रम भएको वताए । तरहरामा उक्त ४ वजे विहान सम्म ५ ठाउँ जतिमा देउसीहरु थिए । उनले भने । गोली चलेको हल्ला भए सँगै तैनाथ भएको प्रहरीहरु तरहरा पुग्दा तरहराकै सुन्दर टोलमा नाचगान भईरहेको उनले वताए । उनले भने तरहरा प्रहरीले आर्थिक प्रलोभनमा पनि जुवा तास खेलाएर पैसा समेत असुलेको स्थानीयवासीहरुले आरोप लगाएको छ । जाँडरक्सी खाएर होहल्ला गर्ने समुहहरुले अशान्ती मच्चाएको स्थानियको आरोप छ ।
यस्तै इटहरीस्थित हलगडामा कट्टी हानाहान भएको थियो । दुई समुह विच भएको विवादमा इटहरीमा कट्टी हानाहान भएको हो । त्यस्तै इलाका प्रहरी कार्यलय नजिकै दाहाल कोल्ड स्टोरमा लुटपाट हुनको साथै सञ्चालक माथी रड प्रहार भएको थियो । पसलमा वसीरहेको वेला लुटपाट गर्ने समुहले २ लाख ५० हजार भन्दा बढि पैसा लिएर कुटपिट गरेको कोल्ड स्टोरले जनाएको छ । तर प्रहरीले भने यस भन्दा अगाडी पनि यो पसल ढिलो समयसम्म खुल्ने गरेको कारण पसलमै रक्सी खाने ठाउँ समेत भएको कारण विवाद भई कुटपिट भएको हुन सक्ने वताए । दाहालको टाउँको र गालामा गम्भिर चोट लागी विराटनगरस्थीत नोवेल अस्पतालमा उपचार भईरहेको छ ।