14959052_10210218048960542_42853133_oधरान /इनरुवा झुम्का सडक खण्डमा आज भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाईते भएका छन् । आज अपह्न्न साढे तिन बजे मोटरसाइकल र माइक्रोबस जुधेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक महिला र घाईतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान र उद्धारको कार्य भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले जानकारी दिए । को १ प ८३६३ नम्मरको मोटरसाईकल र इटहरीबाट काठमाण्डौ तर्फ जादै गरेको माइक्रो जुधेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।14923140_10210218049720561_8721561_o 14923949_10210218050120571_528940478_o