सप्तरी/सप्तरीको विकासमा यहाँ बसोबास गर्ने सबै बर्ग एवम् समुदाय एक जुट हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । राजविराज– ५ स्थित राधाकृष्ण मन्दिरमा सोमबार आयोजित यादव सेवा समितिको २१ आैँ सधारणसभा तथा ८ आैँ महाधिवेसनका अवसरमा उनीहरुले भने– जिल्लाको समग्र विकासका लागि सबै पक्षबीच सक्रिय सहयोग, समन्वय र सहकार्य आवश्यक भएको छ । सो अबसरमा सांसद एवम् पूर्वमन्त्री उमेश यादवले सप्तरीको विकासका लागि यहाँ बसोबास गर्ने सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिदैं आफ्नो पेसागत हकहित र अधिकारको संरक्षणका लागि यादव समुदाय एक ढिक्का भएर अगाडि बढनुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा यादब समुदायका उत्थान र विकासमा उल्लेखनीय योगदान पुरियाएवापत सञ्चारकर्मीद्वय चन्दन यादव र माला कर्ण तथा ज्येष्ठ नागरिक रधु भडखेर यादव, महन्थी यादव, गायिका अन्जु यादव र समाजसेवी सुकदेव यादवलगायतलाई सम्मान गरिएको यादव सेवा समितिले जनाएको छ । समितिका अध्यक्ष परियाग यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । यसैगरी गोवद्र्धन पूजाको उपलक्ष्यमा घोषिन यादव उत्थान मञ्च नेपालले सोमबार राजविराजमा आफ्नो छ औँ सधारण सभा सम्पन गरेको छ । रासस