श्रीलङ्का टापु/गत असोज १ गते डुङ्गा दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारले अहिलेसम्म राहत पाएका छैनन् । पीडित परिवारले राज्यका कुनै निकायबाट आपूmहरुलाई सोधिखोजी समेत नगरिएको बताएका छन् । पीडितहरुको गुनासो छ, ‘आपतको बेलापनि राज्यले हामीलाई देखेन ।’असोज १ गते भएको डुङ्गा दुर्घटनामा १३ जना बेपत्ता भएका थिए ।

[caption id="attachment_18123" align="aligncenter" width="1024"]bolta डुङगा दुर्घटनामा श्रीमती र छोरी गुमाएका बोल्टा गुनासो सुनाउदै । तस्विर -योगेशबाबु काफ्ले[/caption]

तीमध्ये १० जनाका आफन्तले आ–आप्mनो परम्परा अनुसार काजकिरिया गरेका छन् । तर अहिलेसम्म किरिया खर्च र राहत पाएका छैनन् । श्रीलङ्का टापुका आखै चन्द्रवंशीका अनुसार दुर्घटनामा उनकी श्रीमती ३५ वर्षीया पार्वती चन्द्रवंशी, स्थानीय बोल्टा चन्द्रवंशीकी श्रीमती ३५ वर्षीया शकुन्तला चन्द्रवंशी र ११ वर्षीया छोरी अनिता चन्द्रवंशी, हरिबोल कविरतकी श्रीमती सीता कबिरत, डुङ्गाका ठेकेदार तुफान चन्द्रवंशीको मृत्यु भएको छ । यसैगरी खुलबुल यादवकी श्रीमती कुञ्जन यादव, गोल्छा झाकी छोरी ७ वर्षीया रेखा झा, उनकै श्रीमती मीना झा र मीनाकी तीन वर्षीया छोरी पुजन झाको मृत्यु भएको छ ।

मीना पाँच महिनाको गर्भवती समेत रहेको स्थानीयले बताए । मृत्यु भएका स्थानीय एक जनाको नाम अहिलेपनि खुल्न सकेको छैन ।उनीहरुको शव फेला नपरेपनि आफन्तले बुधबार (कार्तिक १० गते) मात्र काजकिरिया गरेको श्रीमती र छोरी गुमाएका बोल्टा चन्द्रवंशीले बताए । बोल्टाले भने, ‘डुङ्गा डुबेको दिनदेखि अहिलेसम्म सरकारका कोहीपनि प्रतिनिधि यहाँ आएका छैनन्, हामीलाई कसले राहत दिन्छ, त्यो पनि थाहा छैन ।’ श्रीमती गुमाएका आखै चन्द्रवंशीले टापुमा पुगेका ब्लाष्टकर्मीसँग भने, ‘राहत पाइन्छ अरे भन्ने सुनेका छौं तर कहिले पाइन्छ थाहा छैन ।’ आफन्त र परिवार गुमाएर दुःखमा परेका स्थानीयको सरकारसँग आक्रोश पनि छ ।

‘असोज २८ गते माईखोलामा भएको डुङ्गा दुर्घटनाका मृतकका परिवारले प्रतिपरिवार एक लाख रुपैयाँ राहत पाएको तर आपूmहरुलाई हिलेसम्म कसैले सोध्नपनि नआएको भन्दै उनीहरुले सरकार र स्थानीय प्रशासनसँग गुनासो पोखेका छन् ।राहत माग्नका लागि जिल्ला प्रशासन कार्यालय पुग्न समेत अहिले उनीहरुलाई समस्या छ । भने, ‘हामीले राहत र किरिया खर्च किन नपाएको हो सरकारलाई सोधिदिनुस् ।’ श्रीलङ्का टापुमा भर्खरै मात्र स्थापना गरिएको स्वास्थ्य केन्द्रका अहेब राजेन्द्र थापाले डुङ्गा पीडितहरुको अवस्था पीडादायी रहेको बताए ।

राज्यका तर्पmबाट दिइनुपर्ने राहत र सहायता नपाउँदा पीडितहरु निराश रहेको बताउँदै उनले सुगम जिल्लाको दुर्गम ठाउँ भएकाले राज्यले यस्तो ठाउँलाई प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने बताए ।सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले पीडित परिवारलाई राहत दिने विषयमा तयारी भइरहेको बताए । प्रकाशपुर गाविसलाई राहत दिने प्रक्रिया शुरु गर्न निर्देशन दिइसकेको जनाउँदै उनले गाविसबाट सिफारिस आएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर राहत दिने विषयमा निर्णय हुने बताए ।