dhan baaliभद्रपुर/ झापामा यो वर्र्ष ८६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको छ । धान खेतीबाट यो वर्ष करीब १० अर्ब २ करोड रुपैयाँबराबरको धान उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले अनुमान गरेको छ ।गत वर्ष समयमा वर्षा नभएपछि ८३ हजार हेक्टर क्षेत्रफलमा मात्र धान लगाइएको कार्यालयले जनाएको छ ।

लगाइएको धानको उत्पादनबाट गत वर्षभन्दा १५ प्रतिशतले वृद्धि हुने कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले अनुमान गरेका छन् । गत वर्ष समयमा वर्षा नहुँदा ३ लाख ५७ हजार ४ सय ५५ मेट्रिक टन धान उत्पादन भएको तर यो वर्ष ४ लाख ११ हजार १ सय मेट्रिक टन धान उत्पादन हुने अधिकृत खरेलको अनुमान छ । यो गत वर्षको भन्दा ५३ हजार ६ सय २० मेट्रिक टनले बढी हो ।कार्यालयले गरेको सर्भेक्षणका अनुसार मनसुनको साथसाथै रोग कीराको प्रकोप पनि धान बालीमा नदेखिएकाले किसानले राम्रो उत्पादन लिने भएको उनले बताए । झापाको खेतीयोग्य जमिनमध्ये ३८ हजार ७ सय १० हेक्टर क्षेत्रफलमा सिंचाइको सुविधा छ ।

जिल्लामा गत वर्ष धानको उत्पादकत्व ४ दशमलब १ र यो वर्ष ४ दशमलब ३१ प्रतिशत पुगेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी शालिकराम भट्टराईले बताए । झापाका विभिन्न नदीमा आएको बाढीले १७ सय बिघा खेतीयोग्य जमिन कटान गरेको पनि उनले बताए । जसले धानको उत्पादनमा जति आशा गरिएको थियो, त्यो अनुपातमा उत्पादन लिन नसकिएको उनको भनाइ छ ।चैते धानभन्दा हिउँदे धानको मूल्य पनि बढी हुन्छ । अहिले झापामा हाइब्रिड, स्थानीय, एवम् सुधारिएका नयाँ जातका धान किसानले लगाउने गरेका छन् । हिउँदे धान प्रतिमन एक हजार रुपैयाँमा खरिद बिक्री हुने गरेको किसानको भनाइ छ ।