[caption id="attachment_17829" align="aligncenter" width="960"]14826375_10210128242075426_1871260768_n विष्फोटक पदार्थसहति पक्राउ परेका भारतीय नागरिक पवन दास । तस्विरहरुःदेबेन्द्र कार्की[/caption] धरान / ठूलो परिणाम विष्फोटक पदार्थसहित एक भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।  प्रहरीले सोमबार पत्रकार सम्मेलन गरि भारत घर भई धरान १० बस्ने २२ बर्षीय पवन दासलाई ठूलो परिमाणमा विष्फोटक पदार्थसहित गत कार्तिक ५ गते धरान–२२ देउरालीबाट पक्राउ गरिएको जनाएको छ । उनले लुकाई राखेको अवस्थामा पटका दुई हजार एक सय पीस, आलु बम २१ थान  बरा [caption id="attachment_17828" align="aligncenter" width="960"]14813455_10210128242755443_421868768_n बरामद गरिएका विष्फोटक पदार्थ नष्ट गर्दै इलाका प्रहरी कार्यालयको प्रहरी टोली ।[/caption] मद गरेको इप्रका धरानका डिएपी ढकेन्द्र ढकालले जानकारी दिए । उनलाई सोमबार नै मुद्धा दर्ता गरि थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले धरानको तीन कुनेस्थित चेकपोष्टबाट सोमबार ९ बण्डल खोर्सानी बम,२९ प्याकेट बम, रकेट बम १० प्याकेट, चकलेट बम ४ प्याकेट, साउण्ड बम ८ प्याकेट बरामद गरेको छ । सप्तरीबाट धरान आउदै गरेको बसमा फेला परेको उक्त पदार्थ सुनसरीको भण्टाभारी नाकाबाट नेपाल ल्याइएको बताइएको छ । चेकजाचको क्रममा फेला परेको उक्त विष्फोटक पदार्थ कस्ले ल्याएको भन्ने भने नखुलेको प्रहरीले जनाएको छ ।  बरामद गरिएको उक्त विष्फोटक पदार्थ प्रहरीले सोमबार नै नष्ट गरेको छ ।