accidentराजविराज /  पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बकधुवा–८ स्थित सोमवार ट्याक्टरको ठक्करबाट एक जना साईकलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जादै गरेको स१त ४९०७ नम्वरको ट्याक्टरको ठक्करबाट साईकलयात्री बकधुवा–१ बस्ने भरथी खड्का (५०) को मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले दिएको जानकारी अनुसार ठक्करबाट गम्भिर घाईते भएका खड्काको गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजविराज ल्याउने क्रममा मृत्यु भएको हो । मृतकको शव अञ्चल अस्पतालमै राखिएको छ भने ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।