ताप्लेजुङ/ताप्लेजुङमा स्थानीय निकायको पुनःसंरचनाका विषयमा पुनः छलफल शुरु भएको छ । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले ताप्लेजुङमा नगरपालिका तथा गाउँपालिकाको सङ्ख्या ७ देखि ९ वटासम्म कायम गर्न सकिने जनाएसँगै जिल्लामा छलफल शुरु भएको हो ।
जिल्ला विकास समितिको हलमा आइतबार राजनीतिक दलका नेता तथा प्रतिनिधि सहभागी छलफलले यही कात्तिक १२ गते दलहरुले छलफल गरी प्राविधिक समितिलाई खाका उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
नेपाली काङ्ग्रेसको संयोजनमा प्रत्येक दलबाट २ वा ३ जना सहभागी गराएर गाउँपालिका तथा नगरपालिकाको सीमा र केन्द्र टुङ्गो लगाउने निर्णय गरिएको छ यद्यपि दलहरुबाट सर्वसम्मत नभए प्राविधिक समितिले नै खाका तयार गरी आयोगमा पेश गर्ने जनाइएको छ । स्थानीय विकास अधिकारी राजेश गौतमका अनुसार कात्तिक २० गतेभित्र खाका आयोगमा पठाउनुपर्ने समय सीमा तोकिएको छ ।