
विजयपुर/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको निर्वाणा कन्ट्री क्लबसँग भएको ठेक्का सम्झौता रद्द गर्न प्रतिष्ठानले प्रक्रिया शुरु गरेको छ । निर्वाणा कन्ट्री क्लबकै इच्छाअनुसार ठेक्का सम्झौता रद्द गर्न लागिएको प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले जनाए । निर्वाणा कन्ट्री क्लबका सञ्चालक शशीराज भण्डारी र प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार भोगेन्द्रप्रसाद उपाध्यायको हस्ताक्षरमा २०५८ साल असोज ५ गते प्रतिष्ठान हाताभित्रको गल्फकोर्स, गेस्ट हाउस र रेस्टुरेन्ट एन्ड बार निर्वाणा कन्ट्री क्लबलाई सञ्चालन गर्न भाडामा दिएको थियो ।
प्रतिष्ठान र निर्वाणाबीच भएको सम्झौतामा गल्फकोर्स ५० वर्ष तथा गेस्ट हाउस र रेस्टुरेन्ट एन्ड बार २०–२० वर्षका लागि भाडामा दिने उल्लेख छ । यदि ठेक्का सम्झौताको म्याद सकिनुअगाबै निर्वाणाले सम्झौता रद्द गर्न चाहे पूर्व सूचना दिएर २० लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने पनि सम्झौतामा उल्लेख छ । प्रतिष्ठानका रजिष्ट्रार श्रेष्ठले निर्वाणाका तर्पmबाट गत असार २९ गते साउन १ गतेअगाबै सम्झौता भङ्ग गर्ने भन्दै पत्र पठाइएको जानकारी दिए । प्रतिष्ठान प्रशासनका एक अधिकृतका अनुसार देशको असहज परिस्थितिका कारण सम्झौताअनुसार काम गर्न नसकिने भन्दै सम्झौता भङ्ग गर्न पत्र आएको थियो । ‘सोही पत्रका आधारमा हामीले पहिलोपटक सम्झौता भङ्ग गर्न, जरिवाना बुझाउन र हरहिसाब तथा भौतिक सम्पत्ति बुरबुझारथ गर्न आउनु भन्दै पत्र पठाएका थियौँ’, रजिष्ट्रार श्रेष्ठले भने, ‘उसले कुनै प्रतिक्रिया नदिएपछि दोस्रो पत्र पुनः पठाएर जरिवाना बुझाई हरहिसाब बरबुझारथ गर्न आग्रह गरेका थियौँ ।’
उनका अनुसार निर्वाणाले दोस्रो पत्रको पनि निर्माणले कुनै प्रतिक्रिया नदिएपछि कात्तिक ७ गते (आइतबार) तेस्रोपटक जरिवाना तिर्न र ठाउँ खाली गर्न पाँच दिनको अल्टिमेटमसहित पत्र पठाइएको छ । सम्झौतामा निर्वाणाले प्रतिष्ठानलाई गल्फ कोर्सको भाडा प्रत्येक वर्ष २ लाख, गेस्ट हाउसको १२ लाख र रेस्टुरेन्ट एन्ड बारको १ लाख रुपैयाँ भाडा तिर्नुपर्ने उल्लेख छ । सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुनेसमेत उल्लेख छ । सम्झौतामा सम्झौता शुरु भएको मितिदेखि नै गल्फकोर्स, गेस्ट हाउस र रेस्टुरेन्ट एन्ड बारको संरक्षण तथा मर्मत निर्वाणाले गर्ने उल्लेख छ तर गल्फकोर्सको संरक्षण र मर्मत निर्वाणाले नगरेको भन्दै यसअघि पनि आलोचना हुँदै आएको थियो । प्रतिष्ठान स्रोतका अनुसार निर्वाणा कन्ट्री क्लबका सञ्चालक शशीराज भण्डारीले पत्र बुभ्mन मानेका छैनन् ।
‘सोमबार पनि पत्र नबुझे सूचना टाँस गरेर पाँच दिनपछि प्रशासनको सहयोगमा ठाउँ खाली गराउने तयारीमा प्रतिष्ठान छ ।’ स्रोतले भन्यो । यस विषयमा जानकारी लिन क्लबका सञ्चालक भण्डारीसँग सम्पर्कको प्रयास गर्दा सफल हुन सकेन । भण्डारीलाई भेट्न क्लब पुग्दा त्यहाँ कार्यरत् एक कर्मचारीले आप्mनो सम्पर्क नम्बर कसैलाई नदिन र कुनै पत्र आए नबुभ्mन निर्देशन दिएको बताए । प्रतिष्ठानका रजिष्ट्रार श्रेष्ठले निर्वाणा कन्ट्री क्लबसँगको सम्झौता भङ्ग भएप्छि क्लबभित्र रहेको गेस्ट हाउसलाई आवासको रुपमा विकास गर्ने र गल्फकोर्स तथा रेस्टुरेन्ट एन्ड बार स्थानीयलार्इं ठेक्कामा दिएर सञ्चालन गर्ने सोच रहेको जनाए ।