baraha विजयपुर/बराहक्षेत्र गाबिसले आर्थिक बर्ष २०७३÷७४को अनुमानीत लगानीको बाडफाड गरेको छ । नेपाल सरकारको निशर्त अनुदान,आन्तरीक आय तथा अन्य आम्दानीको बाडफाड गर्ने सम्बन्धमा र्आइतबार बजेट बाडफाड गरिएको हो ।

जस अनुसार बहिला लक्षित बिकाश कार्यक्रमलाई कुल बजेटको १० प्रतिसत बजेट छुट्याइएको छ । नेपाल सरकारको निशर्त अनुदान,आन्तरीक आय तथा अन्य आम्दानी गरि बराहक्षेत्र गाबिसको कुल बजेट ७७ लाख,५७ हजार रहेको छ । बाडफाड गरिएको बजेट अनुसार बालबालीका लक्षित कार्यक्रमलाई १५ प्रतिसत बजेट छुट्याइएको छ ।

अन्य लक्षित क्षेत्रका कार्यक्रमका लागि १० लाख ३३ हजार रुपैया छुट्याइएको छ ।कृषि तथा पशु बिकाश कार्यक्रमलाई ४ लाख ६२ हजार,आर्थिक सामाजीक,भौतीक पुर्बाधार बिकाश कार्यक्रमलाई २२ लाख १५ हजार र प्रबर्धनात्मक लगानी क्षेत्रकालागि १४ लाख ६७ हजार रुपैया बिनियोजन भएको छ ।

आईतबार आयोजीत एक कार्यक्रममा गाबिस सचिब हिरालाल बिश्वकर्माले बजेट बाडफाड गरेका हुन् । उनले सरकारले गाबिसलाई दिदै आएको अनुदार दोब्बार बढाएकाले यस पटक बिगतको भन्दा धेरै क्षेत्रमा बजेट बिनीयोजन गरिएको बताए ।