धरान/जल्पादेवी बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको चारवर्षमै सवा पाँच करोड बराबरको कारोबार गर्न सफल भएको छ । [caption id="attachment_17764" align="alignnone" width="1024"]jalpadebi फाेटाेः भाेजराज श्रेष्ठ[/caption] चौथो वार्षिक साधारण सभाको अवसरमा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार संस्थाले ५ करोड २१ लाख ३४ हजार ५ सय ३३ रुपैया बराबरको कारोबार गर्न सफल भएको हो । आर्थिक वर्ष २०७१/०७२ मा मात्रै २ करोड २ लाख ४९ हजार दुईसय २ रुपैया बराबरको कारोबार मात्रै गरेको थियो । आर्थिक वर्ष २०७२/०७३ मा आइपुग्दा एकैपटक तीन करोड बढीको कारोबार गर्न सफल भएको संस्थाका प्रबन्धक सैलेन्द्र श्रेष्ठले बताए । उनले हाल संस्थामा २ करोड ३९ लाख १८ हजार ३ सय ४६ रुपैया मौज्दात रहेको बताए । २०६९ साल फागुनमा स्थापना भएको संस्थामा २ सय ७९ जना सेयर सदस्यहरु रहेका छन् । सभाको अवसरमा सेयर सदस्यहरुलाई प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेवार एकता समाजका संस्थापक अध्यक्ष राजेशमान श्रेष्ठ र संस्थाका सञ्चालक समिति अध्यक्ष अमृत मानन्धरले प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरे । यसैबीच संस्थाको दोस्रो साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा विशाल श्रेष्ठलाई निर्वाचित गरेको छ । त्यस्तै समितिको सदस्यहरुमा दीलिप श्रेष्ठ, शिला बज्राचार्य, इन्दू श्रेष्ठ, सुमन श्रेष्ठ, सल्मा जोसी, सरदरत्न पार्थिव, उमेश श्रेष्ठ र मनोहर श्रेष्ठ रहेका छन् । त्यस्तै लेखा संयोजकमा रामराजा श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा सुदेश्ना प्रधान र करुणा श्रेष्ठ रहेका छन् । सभामा सिद्धि नेवा परिषद्का अध्यक्ष गोकुलप्रसाद श्रेष्ठ, एक नम्बर क्षेत्रीय सहकारी संघका संयोजक दिनेश श्रेष्ठलगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालिका विद्या शाक्यले बताइन् ।