सिरहा / गोलबजार नगरपालिका १० मा अवैध रुपले संचालन भएको एक फर्निचर उद्योगबाट प्रहरीले एक लाख उन्नचालीस हजार मूल्य बराबरको काठ तथा फर्निचर बनाउने मेशीन बरामद गरेको छ । इलाका प्रही कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायको नेतृत्वमा गएको टोलीले गोलबजार नगरपालिका १० का सोमबहादुर विश्वकर्मा र सुरेशकुमार साहले गोलबजार नगरपालिका १० स्थित विश्वकर्माको घरमा रहेको फर्निचर उद्योगबाट ९५ हजार २ सय मूल्य बराबरको बिभिन्न साईजका अवैध लकडी, काठ चिर्ने मेशिन, फर्निचर बनाउन प्रयोग हुने औजार तथा काठ ओसार्न प्रयोग गरिने साइकल बरामद गरेको हो ।
त्यस्तै साहको घर नजिकै झाडीबाट लुकाई राखेको अवस्थामा २६ हजार मूल्य बराबरको ६ थान काठका चौखट बरामद भएको थियो । बरामद काठसहित दुबै संचालकलाइ थप अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको छ ।