Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • ‘मुलुक निर्माणमा ज्येष्ठ नागरिकको महत्वपूर्ण योगदान’

‘मुलुक निर्माणमा ज्येष्ठ नागरिकको महत्वपूर्ण योगदान’

alt
  • कार्तिक ६, २०७३
  • ब्लाष्ट खबर

jestविराटनगर/राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकले समाजको प्रगतिमा दिनुभएका महत्वपूर्ण योगदान राष्ट्रका महत्वपूर्ण सम्पत्ति भएको बताएकी छिन् । मनमोहन स्मृति प्रतिष्ठानद्वारा यहाँ आज आयोजित ज्येष्ठ नागरिक महोत्सवको उद्घाटन गर्दै उनले सिङ्गो राष्ट्रको प्रतिमूर्तिका रुपमा ज्येष्ठ नागरिकको असल अनुभवलाई समाजको विकासमा ऊर्जाका रुपमा सदुपयोग गर्न सुझाव दिइन। राष्ट्रपति भण्डारीले भूमण्डलीकरण र आधुनिकीकरणको प्रभावसँगै संयुक्त परिवार टुट्दै जानु र समाजमा आत्मकेन्द्रित तथा व्यक्तिवादी सोचका कारण हाम्रो संस्कृति विघटित भइरहेकामा चिन्ता व्यक्त गर्दै भनिन्  “विश्वव्यापी रुपमा देखिएका ज्येष्ठ नागरिकको समस्याको समाधानमा संयुक्त राष्ट्र सङ्घले लिएका नीतिका साथै अन्तर्राष्ट्रिय सम्मेलनमा वृद्धवृद्धाका लागि पारित कार्यक्रमलाई पालना गर्नु हामी सबैको कर्तव्य हो ।” उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा सुरु भएको वृद्धभत्ता दक्षिण एसियाकै नमुना कार्यक्रम हो, यसको माध्यमबाट ज्येष्ठ नागरिकमा सकारात्मक परिवर्तन ल्याउनाका साथै जीवनयापनमा समेत सहयोग पु¥याएको छ ।” ज्येष्ठ नागरिकका लागि रहेका कानुनी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले आवश्यकतानुसार सामाजिक कानुन निर्माण गरी मानिसहरुलाई बालबालिका र वृद्धवृद्धाको नैतिक जिम्मेवारी लिन प्रेरित गर्नुपर्ने र राज्यलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने बताइन । ज्येष्ठ नागरिकका लागि सवारी साधन मैत्रीपूर्ण हुनुपर्ने तथा मनोरञ्जनस्थल, वृद्धवृद्धा उद्यानका साथै सहज ढङ्गले जीवन व्यतीत गर्ने खालको संरचनाको निर्माण गर्नुपर्ने र तीर्थाटनको समेत व्यवस्था हुनुपर्नेमा जोड दिइन। बालबालिकालाई टाढाका आवासीय विद्यालयमा राख्ने र आमाबुबालाई वृद्धााश्रममा राख्ने प्रचलनप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भनिन्, “अभिभावकविहीन बालबालिका र सन्तानविहीन वृद्धवृद्धाका लागि वृद्धाश्रम ठीक भए पनि ‘जन्म दिने र हुर्काउने’ आमाबुबालाई वृद्धाश्रममा पु¥याउने कार्यलाई निरुत्साहन गर्नुपर्छ ।” उहाँले ज्येष्ठ नागरिकप्रति सद्भाव बढाउने खालका विषयवस्तु शैक्षिक पाठ्यक्रममा समावेश गरेमा सभ्यसमाजको निर्माण हुने विश्वास व्यक्त गरिन । बाइस ज्येष्ठ नागरिक सम्मानित सो अवसरमा उहाँले १०० वर्षभन्दा बढी उमेर पुगेका २२ नागरिकलाई सम्मान गरिन । सम्मानित हुनेमा मोरङ, रङगेली– ८ की एक सय १६ वर्षीया दुखनीदेवी सरदार, सुन्दरदुलारी–१का एक सय १० वर्षीया तिलोत्तमा पोखरेल र एक सय आठ वर्षीया महेश्वरा अधिकारी छन् । त्यस्तै एक सय आठ वर्षीय कृतिराज गिरी र नन्दकुमारी अधिकारी लगायत छन्। कार्यक्रममा नेकपा(एमाले)का नेता माधवकुमार नेपालले ज्येष्ठ नागरिकको सम्मान गर्ने कार्य राम्रो संस्कार र संस्कृति हो भन्दै हरेकलाई आआफ्ना आमाबुबाको हेरचाह गर्न आग्रह गरिन । मनमोहन प्रतिष्ठानका अध्यक्ष एवम् सांसद भरतमोहन अधिकारीले मुलुकको सात वटै प्रदेशमा वृद्धवृद्धाका लागि अस्पताल सञ्चालन गर्न सरकारसँग आग्रह गरिन । रासस

सम्बन्धित समाचार
टिप्पणीः जनप्रतिनिधिले नै गरे भ्रष्टाचारलाई संस्थागत

धरान । धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले असार २१ गते लेखा शाखामा भ ...

पत्रकारमाथि दुव्र्यवहार

च्यानलिङको विषयमा धरान–५ र १५ का स्थानीयवासीबीचको विवादको समाचार सङ्कलनका ल ...

धरानले किन मिचिरहेको छ ऐनकानून ?

धरान । धरान उपमहानगरपालिका–५ को बस्ती जोगाउन ‘च्यानलिङ गर्ने नाउँ’ मा सेउती ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
टिप्पणीः जनप्रतिनिधिले नै गरे भ्रष्टाचारलाई संस्थागत
पत्रकारमाथि दुव्र्यवहार
धरानले किन मिचिरहेको छ ऐनकानून ?
बाढी, विपद् र बेवास्ताको चक्रव्यूह
आजको राशिफलः २०८२ साल असार २७ गते शुक्रबार
महानगरको असक्षमताः नगर प्रहरी नियुक्तिमा ९ महिनादेखि ढिलाइ
दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर
कुटपिटबाट महिलाको मृत्यु
धरानमा कानून पनि लजाओस्
आजको राशिफलः २०८२ साल असार २६ गते बिहीबार
हतियारसहित भारतीय नागरिक काँकडभिट्टामा पक्राउ
उद्योगभित्र ट्रक चालकको हत्या
अंश विवादमा भाउजूको हत्या
चिकित्सकको आन्दोलनः समाधान खोज
आजको राशिफलः २०८२ साल असार २५ गते बुधबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved