patakaइटहरी/दिपावली नजिकिदै जाँदा पूर्वका बजारमा अवैध रुपमा विस्फोटक पदार्थ पटका भित्रीने गरेको छ । विषेश गरी खुल्ला सिमानाका कारण भारतीय बजारबाट अवैध रुपमा पटका भित्रीने गरेका छन् ।

पटकाका कारण मानवीय तथा भौतिक क्षतिका साथै अपराधिक गतिविधी बढ्ने भन्दै प्रहरीले पटका आयातमा निगरानी बढाउन थालेको छ ।सोही अभियान अन्तरगत इलाका प्रहरी कार्यालय इटहरीले इटहरी –८ बसपार्क क्षेत्रबाट अवैधरुपमा भित्रिएको पटका बरामद गरेको जनाएको छ । बसपार्क एरियामा चेक जाँचका क्रममा मोरङ बनिगामा गाविस –९ बस्ने ४० वर्षीय बद्रि नारायण चौधरीबाट २० बण्डलमा हुने एक हजार प्याकेट पटका बरामद गरेको इटहरी प्रहरीले जनाएको छ । चौधरीलाई विस्फोटक पद्धार्थ सम्वन्धि ऐन २०१८ बमोजिम कार्वाही अघि बढाईएको डिएसपी सुवेदीले जानकारी दिए । विशेष चाडपर्वलाई ध्याना राख्दै विस्फोटक पद्धार्थ तथा पटाकाहरु ल्याएर समाजमा अशान्ति र तनाव सिर्जना गर्ने कार्य नियन्त्रण अभियान चलाइएको उनले बताए । मोरङ्ग जिल्लाको विराटनगर पूर्व नयाँ बजार नाका हुँदै इटहरी ल्याई ल्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारत बिहारको जोगबनीबाट भारतीय ब्यापारीले नेपालसम्म ल्याई दिने गरेको र चाडबाडका समयमा कारोवारीहरुले सुनसरी र मोरङ्गका शहर बजारमा ती बिस्फोटक बस्तु पटका बिक्री वितरण हुने गिरोहको प्रहरीले जनाएको छ ।

यसै गरी सुनसरी रामधुनी भा.सि–५ बाट इलाका प्रहरी कार्यालय पकलीले को.२१ प.३८९७ नं.को मोटरसाईकल चेक चाँच गर्ने क्रममा झोला तथा बोरामा ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरेको छ । विस्फोटक पदार्थ पटका सहित प्रहरीले सम्भु साह सुढी लाई कारवाही अघि बढाएको छ । उनका साथबाट मिनि बुलेट १० प्याकेट , विग बुलेट १० प्याकेट, स्काई मिनि १० प्याकेट, कनरकोटी १ प्याकेट, सुप्रिम फ्लावर १ प्याकेट, सुप्रिम असोका १ प्याकेट, सुप्रिम डिल कस २ प्याकेट, सेभेन स्टार ग्रिन १ प्याकेट, सेभेन स्टार रेड १ पयाकेट, राज चक्कर २ प्याकेट, सुप्रिम चक्कर ५ प्याकेट, झिरझिरे ३ प्याकेट, झिरझिरे कलर ४ प्याकेटसहित को.२१ प.३८९७ न.को मोटरसाइकल समेत बरामद गरेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।