धरान/पूर्वाञ्चलको रेफरल सेन्टरको रुपमा परिचित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त विभागमा केही समयअघि फेला परेको म्याद गुज्रिएको ‘एलए’ नामक स्प्रे बिहीबार नष्ट गरिएको छ ।जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ती स्प्रे इलाका प्रशासन कार्यालयको परिसरमा नष्ट गरिएको हो ।
मासु लट्याउन छालामा प्रयोग गरिने तीनवटा स्प्रे खाल्डो खनेर पुरिएको छ । इप्रका धरानका निमित्त कार्यालय प्रखुम जयराम श्रेष्ठ, इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रमेशकुमार श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारी तथा पत्रकारहरुको रोहवरमा औषधि नष्ट गरिएको हो । ‘म्याद नाघेका स्प्रेहरु नष्ट गरेका छौँ’, प्रमुख श्रेष्ठले भने, ‘आवश्यक कारवाहीका लागि जिल्ला अनुगमन समितिमा पठाउँछौँ ।’ उपभोक्ता हित संरक्षण मञ्चले बजार अनुगमन नहुने जनगुनासो सुनाएपछि अनुगमनलाई व्यवस्थित बनाउन सम्बन्धित निकायमा पहल गर्ने उनले बताए ।
बजार अनुगमनका लागि जिल्ला अनुगमन समितिलाई लिखित जानकारी गराउने तयारी भएको छ । गत प्रतिष्ठानको दन्त विभागअन्तर्गत ३ नम्बर प्रोस्थोडोन्टिक्स विभागमा गत असोज २१ गते एक बिरामीले उक्त स्प्रे फेला पारेर प्रहरीलाई जानकारी गराएका थिए । त्यसलगत्तै इलाका प्रशासन कार्यालयले प्रहरीको रोहवरमा औषधि बरामद गरेको थियो ।
म्याद गुज्रेको औषधि प्रयोग गरेको भन्दै प्रतिष्ठानका अस्पताल निर्देशक अरबिन्दकुमार सिन्हाले विभागकी प्रमुख डा. प्रमिता सुवाललाई तत्काल कारवाही गरेको एक चिकित्सकले जनाए । यस विषयमा बुभ्mन सम्पर्कको प्रयास गर्दा अस्पताल निर्देशक सिन्हालाई मोबाइल उठाएनन् ।