धनकुटा/ धनकुटाको हिलेमा यात्रु वाहकबसले बच्चालाई ठक्कर दिएपछि घाईते वालकका आफन्त र आक्रोसित स्थानीयबासीले शुक्रवार हिले बजारमा प्रदर्शन गरी २ घण्टा सडक अवरुद्ध गरेका छन ।धनकुटाको लेगुवाबाट धरान जाँदै गरेको को.१ ख ३७८२ नम्बर ओम शान्ती ट्राभल्स नामको यात्रु वाहक बसले शुक्रवार बिहान करिव १० बजे वालक सोहनलाई ठक्कर दिएको प्रहरीले जनाएकाे छ ।
घाईते वालक पाख्रीबास नगरपालीका ४ घर भै हिले रिङ्गररोडमा मावली आएका वर्ष ६ का सोहन गुरुङ्ग सडक पार गर्ने क्रममा बसको ठक्करवाट गम्भिर घाईते भएका थिए । घार्ईते वालक मारुती भ्यानको पछिल्लो तिरवाट वाटो काटीरहेको वेला विपरित दिशावाट आएको वसले ठक्कर दिएको थियो । ठक्करबाट गंभिर घाईते भएको वालको धनकुटा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।सोहन पाख्रीवास निवासी खेम गुरुङ्गका छोरा हुन । उनी आमा रिना तामाङ गुरुङ्ग (लकी) संग दशैंमा हिले रिङ्गरोड मावलीमा आएका थिए । घाईते वालक पाख्रीवास वजार स्थित् सयपत्रि वोर्डिङ्ग स्कुलमा कक्षा नर्सरीमा पढ्दै गरेको विद्यालयका व्यावस्थापक ज्ञानवहादुर गुरुङ्गले ब्लाष्टलाई वताएका छन् ।
घटनापछि आक्रोसित घाईतेका आफन्त र स्थानीयबासीले हिले बजारमा टायर बालेर २ घण्टासम्म प्रदर्शन जारी राखेको हिले प्रहरी चौकीले जनाएको छ । उनीहरुले बस चालकलाई कडा कारबाही सहित क्षतिपुर्ति लगायतका माग गर्दै प्रदर्शन गरेका थिए । घाईतेका आफन्तहरुले वस चालकलाई कडा कार्वाही, घाईते वालको तत्काल उपचार र उचित क्षतिपुर्तिको माग गरेर कोशि लोकमार्ग अवरुद्ध गरे पछि यातयात सेवा ठप्प भएको थियो । घट्ना पछि हिलेको स्थिती तनावपुर्ण भएपछि नियन्त्रणमा लिन धनकुटाबाट थप प्रहरी पठाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रविणलाल श्रेष्ठले ब्लाष्टलाई जानकारी दिएका छन् ।
बस र चालकलाई भने हिले प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । घट्ना पछि प्रहरी प्रशासन र घाईते वालकका आफन्त विच उचित क्षतिपुर्ति, घाईते वालकको औषधी उपचार तत्काल गर्ने गरी सहमति भएको पिडितका आफन्त फुर्वा तामाङले ब्लाष्टलाई वताएका छन् । थप क्षतिपुर्तिको लागी फेरी वस्ने गरी सहमती भएको तामाङले वताए ।