
सिरहा/ सिरहाको मिर्चैयामा रात्री बस र ट्रक एक आपसमा ठोकिदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । काकरभिटाबाट काठमांडौ जादै गरेको ना ५ ख ४८९९ नम्बरको मकालु बस र बिपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४१३० नम्बरको ट्रक गए राती करीब १२ बजे मिर्चैमाको कृषि बिकास बैंक अगाडी एक आपसमा ठोकिदा ३ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घट्नामा एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।
घाइते मध्ये अबस्था गम्भिर रहेका ३ जनालाई स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारको लागि बिराटनगर रेफर गरिएको छ भने समान्य घाइतेहरुको मिर्चैयाको रेखा नरसिंग होममा उपचार भइरहेको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ट्राफिक प्रहरी नायब निरिक्षक शिब नारायण कुमर दनुबारले जानकारी दिए ।