विराटनगर/अदालतबाट कैद तथा जरिवाना फैसला भई फरार रहेका अभियुक्तलार्इ पूर्व क्षेत्रीय अनुसन्धान समुहले पक्राउ गरेकाे छ । ज्यान मुद्दामा बीस वर्ष कैद सजाय भइ फरार ताेपगाछी-७ का राजु दर्जीलार्इ पक्राउ गरी जेल पठाएको छ। पक्राउ पर्नेमा झापा जिल्ला अदालतको २०६८ साल पुस १२ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भएकाे थियाे । उनलाई अनुसन्धान समुहको टोलीले विशेष सुराकी परिचालन गरी बुधबार विहान झापाको दमक नगरपालिका १२ बाट पक्राउ गरेको हो। पक्राउ पश्चात दर्जीलाई बुधबार झापा जिल्ला अदालतमा उपस्थित गराई सोही अदालतको आदेश बमोजिम जिल्ला कारागार झापा पठाइएकोअनुसन्धान समुहका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताएका छन्।