accident बिर्तामोड/ झापाको भिन्नभिन्न स्थानमा सोमबार भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।सुरुङ्गा खण्डको जुके कल्भर्टमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ । ट्राफिक प्रहरीले सो स्थानलाई अति दुर्घटनाग्रस्त क्षेत्रका रुपमा सूचीकृत गरेको छ ।वर्षाैंदेखि अत्यधिक दुर्घटना हुने त्यो स्थानमा केही वर्षअघि डिभाइडर पनि राखिएको थियो । डिभाइडर राखेको समयमा पनि दुर्घटना हुने क्रम नघटेपछि ट्राफिकले त्यो हटाएको थियो । झापामा हुने दुर्घटनामध्ये अधिकाङ्श सोही स्थानमा हुने गरेका छन् । ट्राफिक झापाले जुके कल्भर्टसहित रामचोक, माईधार, बुट्टाबारी, पाडाजुँगी, धाइजनमोड र दमकको क्याम्पस मोडलाई अत्यधिक दुर्घटनास्थल भनेर सूचीकृत गरेको छ । जुके कल्भर्टमा सोमबार भएको दुर्घटनामा सुरुङ्गाका ६८ वर्षीय तिलविक्रम थेबे र पछाडि सवार अन्दाजी ६० वर्षीय अग्नि भेटवाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता याम खड्काले जानकारी दिए । तीब्र गतिमा पूर्वबाट पश्चिम जाँदै गरेको को. १ ख ३५९६ नम्बरको यात्रुवाहक बसले मे. ५ प ३८५३ नम्बरको मोटरसाइकलमा उत्तरबाट दक्षिणतर्पm बाटो काट्दै गरेका उनीहरुलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा ज्यान गएको प्रवक्ता खड्काले जानकारी दिए । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बिर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ । यस्तै, शिवसतासी–७ दूधे सडकखण्डमा अपराह्न माइक्रो बसको ठक्करबाट स्थानीय ७ वर्षीय रोस पौडेलको घटनास्थलमै ज्यान गएको छ । पौडेल सडक पार गर्ने क्रममा पश्चिमबाट पूर्वतर्पm यात्रारत बा. ३ ख ७८७० नम्बरको माइक्रो बसले ठक्कर दिएको झिलझिले ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने माइक्रो बस र चालकलाई इप्रका झिलझिलेमा राखिएको छ  ।