फाइल तस्विर[/caption]
ताप्लेजुङ /ताप्लेजुङको फुरुम्बु गाविसमा दुई परिवार बिच भएको झगडामा ७ जना घाइते भएका छन् । ६ जनाको अबस्था गम्भिर रहेको छ । घाइतेहरुको गर्धन, टाउको, हात, कान लगायतका स्थानमा चोट लागेको छ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामबहादुर केशीका अनुसार ज्ञानबहादुर भट्टराई र नरवहादुर भट्टराईको परिवार बिच आइतवार दिउसो झगडा भएको थियो । गाईले बाली खाएको विषयलाई लिएर उनीहरु विच झडप भएको स्थानियले बताएका छन् । झडपमा ज्ञानु भट्टराई, उनकी श्रीमती कमला भट्टराई, छोरा सुनिल भट्टराई घाइते भएको प्रहरीले जनाएको छ । नरवहादुर भट्टराई, उनको श्रीमती नरमाया भट्टराई, बलराम भट्टराई, अर्जुन भट्टराई घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको छ । घटनास्थल सदरमुकामबाट करिव १० किलोमिटर दुरीमा रहेको छ । झडपमा घरेलु हतियारसहित खुकुरी प्रयोग भएको प्रहरीले जनाएको छ ।































