Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /पूर्व
पूर्व

इलामका आठ गाविसमा सफाई कार्यक्रम सुरु

ब ब्लाष्ट खबर असोज २८, २०७३ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber

इलाम/यहाँका आठवटा गाविसमा पूर्णसरसफाइ कार्यक्रम सुरु भएको छ ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फनबोर्ड) मार्फत सुनगाभा विकास संस्थाद्वारा जिल्लाका नयाँबजार, प्याङ, इरौँटार, चमैता, जीतपुर, फाकफोक, इभाङ र साकफारा गाविसमा पूर्ण सरसफाइ कार्यक्रम प्रारम्भ भएको हो । पहिलो चरणमा ती गाविसमा बनाइएको कार्ययोजनामा गाउँ खानेपानी सरसफाइ स्वच्छता समिति (भिवाससिसी) काे पुनर्गठन, गाविसका सबै वडामा युवा र महिलाको छुट्टाछुट्टै समिति गठन, विद्यालयमा शिक्षक विद्यार्थीको सरसफाइ समिति गठन गरिएको सुनगाभा विकास संस्थाले जनाएको छ । एकवर्षभित्रमा यी आठवटा गाविसलाई पूर्णसरसफाइयुक्त गाविस घोषणा गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएकोे कार्यक्रमका सरसफाइ अधिकृत दीपेन्द्र खनालले बताए । समिति गठन भइसकेकाले अब सबै समितिका पदाधिकारीलाई पूर्णसरसफाइका बारेका प्रशिक्षण दिने र यसकालागि वातावरणीय सरसफाइसहित घरायसी सफाइअन्तर्गतका सातवटा सूचकका बारेमा जानकारी गराइन्छ । अधिकृत खनालका अनुसार घरायसी सूचकमा शौचालयको उचित प्रयोग, साबुन पानीले हात धुने, स्वच्छ पानीको प्रयोग, सफा खाना, घर आँगन सरसफाइ, व्यक्तिगत सरसफाइ र गाई गोठको व्यवस्थापनलगायतका बारेमा प्रशिक्षण दिइनेछ । प्रशिक्षण पाएका समितिका पदाधिकारीले आफ्नो गाउँघरका सम्पूर्ण गाउँवासी एवम् विद्यालयमा पूर्णसरसफाइको बारेमा जानकारी गराउने र सचेतना फैलाउने बताइएको छ । यसैगरी कार्यक्रम सञ्चालन भएका ती गाविसमा सुनगाभाले दुई/दुईजनाको दरले सरसफाइ उत्प्रेरक पठाइसकेको छ । उनीहरूले गाविसको रणनीति बनाउन समिति गठन गर्नेछन् । सो कार्यक्रम सञ्चालनका लागि फनबोर्डले रु ६० लाख बजेट विनियोजन गरेको छ । आठवटा गाविसमा कार्यक्रम सञ्चालन गर्न रु एक लाख ५० हजारको दरले वितरण गर्ने तयारीमा रहेको सरसफाइ अधिकृत खनालले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमका लागि १८ जना कर्मचारी खटिएका छन् । नेपाल सरकारले सन् २०३० सम्ममा देशलाई पूर्णसरसफाइयुक्त देश घोषणा गर्ने तयारीमा रहेपनि जिविसले भने सन् २०२५ भित्रमै यस जिल्लालाई पूर्णसरसफाइयुक्त जिल्ला घोषणा गर्ने तयारी गरेको छ । आठवटा गाविसलाई नै कार्यक्षेत्र बनाएर काम गर्दै आएकाले अहिले पनि पूर्ण सरसफाइको कार्यक्रम पनि आठ गाविसमै सञ्चालन गरेको संस्थाले जनाएको छ । खुल्ला दिसामुक्त जिल्ला घोषणापछि पूर्णसरसफाइ कार्यक्रम सुरु गरिएको हो । रासस

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य
कार्तिक १२, २०८३
मिनी ट्रकसहित १० लाखको भन्सार छलीका सामान बरामद
कार्तिक १२, २०८३
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
कार्तिक १२, २०८३
छापा संस्करण [ePaper]
  1. क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य
    कार्तिक १२, २०८३
  2. मिनी ट्रकसहित १० लाखको भन्सार छलीका सामान बरामद
    कार्तिक १२, २०८३
  3. मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
    कार्तिक १२, २०८३
  4. आधुनिकतासँगै हराउँदै काठका सामग्रीको चलन
    कार्तिक १२, २०८३
  5. खानाको निम्तो दिएर व्यापारी गुप्ताको हत्या
    कार्तिक १२, २०८३
  6. राजीनामाबाट अपराध ढाकछोप हुनुहुँदैन
    कार्तिक १२, २०८३
  7. आजको राशिफलः २०८३ साल कात्तिक १२ गते बिहीबार
    कार्तिक १२, २०८३
  8. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    कार्तिक ११, २०८३
  9. झापामा गोली हानेर २ जना लागूऔषध कारोबारी पक्राउ
    कार्तिक ११, २०८३
  10. बीपीको हाडजोर्नी विभागको प्लास्टर कोठाका लागि एसी सहयोग
    कार्तिक ११, २०८३
  11. चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
    कार्तिक ११, २०८३
  12. फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
    कार्तिक ११, २०८३
  13. २५ लाखभन्दा बढीका अवैध सामान बरामद
    कार्तिक ११, २०८३
  14. धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
    कार्तिक ११, २०८३
  15. तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान
    कार्तिक १०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड