मोरङ/पूर्व पश्चिम राजमार्ग अन्र्तगत मोरङको बयरवन-९ मा बिहीवार बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा बयरवन-८ बस्ने बलबहादुर लिम्बुको ८ वर्षीय छोरा सन्दीप लिम्बु रहेका छन्। लिम्बुलाई अपरान्ह साढे ३ बजे बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को। १ ख २९१२ नम्बरको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो। बस इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा राखिएको छ भने बालकको शव पोष्टमार्टमकालागी प्राथमिक स्वास्थ्य केन्द्र पथरी पठाइएको छ। त्यस्तै धनकुटामा बिहिबार दिउँसो बससँग मोटरसाइकल ठोक्किंदा मोटरसाइकल पछाडी सवार एक बालक गम्भीर घाइते भएका छन्। धरान-धनकुटा सडक खण्ड अन्र्तगत धनकुटाको महाभारत ४ मा धरानबाट धनकुटातर्फ जादै गरेको ना २ ख ५१५७ नम्बरको बससँग विपरीत दिशाबाट आउदै गरेको को ११ प ७०२१ नम्बरको मोटरसाइकल दिउँसो साढे १२ बजे ठोक्किएको हो। दुर्घटनामा संखुवासभा चैनपुर २ का १५ वर्षीय राजकुमार राई घाइते भएका छन्। घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ। बस र चालक प्रहरी चौकी मुलघाटको नियन्त्रणमा राखिएको छ।