rahatताप्लेजुङ / ताप्लेजुङ नगरपालिकास्थित पहिरो पिडित परिवारलाई नयाँ शक्ति पार्टी नेपाल र प्रकृतिक प्रकोप विपत सहायता केन्द्र ताप्लेजुङले मंगलबार दशै खर्च स्वरुप नगद राहत वितरण गरेको छ । उक्त राहत रकम पूर्व सभासद् तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य सञ्चपाल मादेनले वितरण गरेका थिए । साथै सोही स्थानमा पिडितको लागि निशुल्क स्वास्थ्य शिविरसमेत सम्पन्न भएको छ । पहिरो प्रभावितहरुको लागि केन्द्र बिन्दु रहेको ताप्लेजुङ –८ स्थित हिटिमा पहिरोका कारण पुर्ण रुपमा विस्थापित १६ परिवारलाई नगद ३ हजार पाँचसय र आंसिक क्षति भएका ४४ परिवारलाई २ हजार पाँच सयका दरले नगद प्रदान गरेको आयोजकले बताएको छ । साथै सोही स्थानमा जिल्ला अस्पताल ताप्लेजुङका डाक्टरसहितको टोलीको सहभागितामा निशुल्क स्वास्थ्य परीक्षण र औषधि समेत वितरण गरिएको नयाँ शक्ति पार्टी नेपालले बताएको छ ।