[caption id="attachment_16176" align="alignnone" width="1024"]bhawan                             स्थानियको ९५ लाख रुपयाँ लगानीमा निर्माण भएको सिधुवा स्वास्थ्य चौकी भवन । तस्विर: सन्तवीर लामा[/caption]

धनकुटा / धनकुटाको परेवादिन–५ मा रहेको सिधुवा स्वास्थ्य चौकी निर्माण कार्यको जिम्मा लिएका प्रकास न्यौपानेले स्वास्थ्य चौकी भवन निर्माण गर्ने क्रममा स्थानियवासीबाट ९५ लाख रुपयाँ ठगी गरेको खुलासा भएको छ । कोशी एण्ड न्यौपाने कन्ट्रक्सन प्रा.लि.का प्रोपाईटरसमेत रहेका न्यौपानेले निर्माणको जिम्मेवारी लिएका पेटी ठेकेदार तिलकवहादुर वस्नेत मार्फत स्वास्थ्य चौकी भवन वनाउने क्रममा सिधुवा वजारका स्थानियवासीवाट लाखौं रुपयाँ ठगीमा परेको पिडितहरुले गुनासो गरेका छन् । आ.व.०६८/०६९ को ०६८ साल असार २८ गते आवास तथा शहरी विकास भवन निर्माण डिभिजन कार्यालय धनकुटावाट १ करोड, ६० लाख रुपयामाँ सिधुवा स्वास्थ्य चौकी निर्माण कार्य सम्पन्न गर्ने गरी कोशी एण्ड न्यौपाने कन्ट्रक्सन प्रा.लि.ले सम्झौता गरेको थियो । आ.व.०६८/०६९ मा निर्माण कार्य एक वर्ष भित्र सम्पन्न गर्ने गरी जिम्मेवारी लिएको न्यौपाने कन्ट्रक्सनले आ.व.०७३/०७४ को भाद्र महिनाको १६ गते मात्र निर्माण कार्य सम्पन्न गरेको थियो । भवन निर्माणको क्रममा प्रोपाईटर न्यौपानेले साईडमा खटाएका पेटी ठेकेदार तिलकवहादुर वस्नेतले स्थानिय परेवादिन –५ का इन्द्रवहादुर गुरुङ्गवाट २७ लाख, टंकवहादुर भट्टराईवाट २२ लाख, परेवादिन–६ का चुइन्द्र वस्नेतवाट ३ लाख, ५० हजार, परेवादिन–५ का डण्डु शेर्पावाट २ लाख, ७५ हजार, गोविन्द वहादुर थापावाट २ लाख, कुमार लामावाट १ लाख, ६० हजार, स्वास्थ्य चौकी परेवादिनका इन्चार्ज सुन्दरमान डंगोलवाट १ लाख, २५ हजार, तांखुवा गाविस वडा नं.९ जोरपाटीका इन्द्रवहादुर गुरुङ्गवाट १ लाख, १० हजार, परेवादिन–५ सिधुवा वजारका खगेन्द्र साहुवाट ८२ हजार, कार्की आईरन सिधुवा वजारका प्रोपाइटर मनोज कार्कीवाट ६४ हजार रहेको पिडितहरुले ब्लाष्ट खवर डट कमलाई वताएका छन् । त्यसैगरी स्थानिय ग्याल्जे शेर्पा, गिता कट्वाल, लक्ष्मण भट्टराई, पासाङ्ग शेर्पा, भिमवहादुर खुलाल, हेमवहादुर थापा, नगेन्द्र थापा, डिकवहादुर खड्का, शिवकुमार श्रेष्ठ, झमक कार्की, रुद्रवहादुर श्रेष्ठ, ध्रुर्वलाल श्रेष्ठ र सिधुवा वजारमा रहेको फ्रेण्डसिप होटल लगायतको गरी ९५ लाख रुपयाँ भवन निर्माणको क्रममा विभिन्न वहानामा नगद र जिन्सी लगेको र हाल कसैको पनि रुकम फिर्ता नगरी ठेकेदार वस्नेत र निर्माण कम्पनिका प्रोपाईटर न्यौपाने फरार भएको पिडितहरुले वताएका छन् । पेटी ठेकेदार वस्नेत र प्रोपाईटर न्यौपानेले स्थानियवासीवाट नगद, ढुङ्गा, गिटी, वालुवा, काठ, वाँस, अन्य हार्डवयरका सामाग्रीहरु लिएको वताएका छन् । स्थानियवासीले स्वास्थ्य चौकी भवन निर्माण कम्पनिको प्रोपाइटर र कम्पनिवाट आफुहरु ठगिएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय धनकुटामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीलाई ०७२ फागुन २८ गते जानकारी गराएका थिए । पिडित स्थानियवासीको तर्फवाट प्रजिअ उप्रेतीलाई जानकारी गराए पछि कम्पनीका प्रोपाईटर न्यौपानेलाई झिकाई प्रजिअको रोहवरमा दुवै पक्ष वसेर ०७३ वैसाख १५ सम्ममा निर्माण कार्य सम्पन्न गरी भुक्तानी दिने सहमती भएको थियो । तर सहमति अनुसार काम तोकिएको समय भन्दा ५ महिना पछि मात्र सकिएको र ठेकेदारले चलाएको रकम समेत तोकिएको समयमा फिर्ता नभए पछि ठेकेदार कम्पनी र प्रजिअ उप्रतीसंग स्थानिय रुष्ट भएका छन । उनीहरुले आफुहरुको समस्याप्रति स्थानिय प्रशासनले चासो नदिएको भन्दै गुनासो समेत गरेका छन् । स्थानियले पाउनु पर्ने रकम नपाए पछि सिधुवा स्वास्थ्य चौकीको नवनिर्मित भवनमा भाद्र १५ गते देखी अनिश्चितकालिन तालावन्दी समेत गरेको पिडित गोविन्दवहादुर थापाले वताए । तर प्रजिअ उप्रेतीले सहमति विपरित पिडितको रकम असुल नगराई प्रहरी लगाएर आईतवार साँझ जर्वजस्ती ताला तोड्न लागाएको उनीहरुले गुनासो गरेका छन् । प्रजिअ उप्रेतीले भने पिडित स्थानियलाई कानुनी वाटो रोज्न आग्रह गरेको वताएका छन् । उनले अहिलेसम्म स्थानियवासी कै अनुरोध र आग्रहमा आवास तथा शहरी विकास कार्यालयमा निर्माण कार्य सम्पन्न गरे पनि भुक्तानी रोक्न आदेश दिएको वताए । प्रजिअ उप्रेतीले स्थानियले आफु खुशिले पैसा दिएका छन् पैसा दिएको आधारसहित कानुनी रुपमा आए रकम फरार पेटी ठेकेदारवाट लिन सकिने वताए । आफुहरुलाई कम्पनिका प्रोपाईटर न्यौपानेले राष्ट्रिय वाणिज्य वैंक धनकुटा शाखाको स्थानियवासी टंकवहादुर भट्टराईको नाममा ५ लाख र अर्का चुइन्द्र वहादुर वस्नेतको नाममा १ लाख ५० हजारको चेक काटेर दिएको तर झिक्न जाँदा खातामा एक रुपयाँ पनि पैसा नभएको बताए । यता आवास तथा शहरी विकास भवन निर्माण डिभिजन कार्यालय धनकुटाका इन्जिनियर रुद्र मिश्रले भने भवन निर्माणको जिम्ेमवारी लिएको निर्माण कम्पनी कोशी एण्ड न्यौपाने कन्ट्रक्सनले तोकेको समयमा काम नसकेकोले पेनाल्टी जरिवाना परेको वताए । उनले भवन निर्माणको क्रममा स्थानियवासीसंग पैसा चलाएको तथा सामानको पैसा नतिरेको विषयमा पेटी ठेकेदारसंग विवाद देखिएकाले विवाद नमिलेसम्म र कार्यालयले सम्झौतामा उल्लेअ गरेको नक्सा, स्टेटमेन्ट र डिजाईन अनुसार काम पुरा भए नभएको अनुगमन गरेर मात्र भुक्तानी दिइने वताएका छन् ।