पथरी/इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर रमेश बस्नेत शान्ति सुरक्षामा ध्यान दिनुभन्दा कमाउ धन्दामा बढी सक्रिय भएको पाइएको छ । यस क्षेत्रमा दुई साताअघि प्रहरी कार्यालयनजिकै ११ दिनमा तीन जनाको हत्या भइसकेको छ । हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारवाही गरेर पीडितलाई न्याय दिलाउनको साटो उल्टै हत्यामा संलग्न अपराधीलाई निरीक्षक बस्नेतले उन्मुक्ति दिँदैआएका छन् ।पछिल्लो घटना भदौ ८ गते, पथरीशनिचरे–१ स्थित पथरीबजार गोसलाइनका गोविन्द दर्नालको हत्यामा संलग्न शनिश्चरे भुटानी शिविरको सेक्टर नम्बर ‘ए’ का २८ वर्षीय धनबहादुर राईलाई उन्मुक्ति दिइएको हो ।
इन्स्पेक्टर बस्नेतले पक्राउ गरेको १० दिनपछि राईलाई छाडेका छन् । दर्नाल हत्यामा संलग्न चारमध्ये तीनजना स्थानीय र धनबहादुर भुटानी शिविरका थिए । छोराको हत्यामा संलग्न सबैले सजाय पाउनुु पर्ने माग दर्नालको परिवारले गर्दैआएको छ ।प्रहरीले विभिन्न आरोपमा पक्राउ गरेर अनुसन्धानको लागि हिरासतमा राखिएका थुनुवाहरुलाई २४ घण्टाभन्दा बढी हिरासतमा राख्न पाउँदैन । यदि २४ घण्टाभन्दा बढी राख्नुपरेमा जिल्ला प्रहरी कार्यालयमा म्याद थप गर्नुपर्ने हुन्छ ।
तर, इन्स्पेक्टर बस्नेतले कानुन उल्लङ्घन गर्दै गोविन्द दर्नालको हत्याका आरोपी धनबहादुर राईलाई १० दिनसम्म म्याद नगरी हिरासतमा राखेर इप्रकाबाटै छाडेको प्रहरी अभिलेखमा छ । शिविरका धनबहादुर तेस्रो मुलुक अमेरिका जाने अन्तिम तयारीमा रहेकोले उनलाई अपराधमा दोषी नदेखाइ छाडिएको हो । बस्नेतले भुटानी शिविर मार्पmत् मोटो रकम लिएर राईलाई छाडेको स्रोतको दावी छ ।दर्नालको हत्याका नाइके विजय तामाङ राति ९ बजे पथरी शनिश्चरे–८ स्थित श्रीजङ्गा धार्मिक सामुदायिक वन क्षेत्रमा हत्या गरी भुटानी शिविरभित्र धनबहादुरको घरमा गएका थिए ।
धनबहादुरले रगत लागेको लुगा फेरफार गराएर सुताइ बिहान सबेरै पूर्व जाने बस चढाइदिएर सहयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको स्रोतको दावी छ । विजय तामाङ र गोविन्द दर्नालबीच ६ वर्षअघिको कुटपिटको रिसईवीले दर्नालको ज्यान मार्न विजयले आप्mनै घरमा साथीहरु एलेक्स नेपाली र किरण गुरुङलाई बोलाएर योजना बनाएको प्रहरी अनुसन्धानले देखाएको थियो ।पथरीकै १८ वर्षीय एलेक्सले गोविन्दलाई भुटानी शरणार्थी शिविरभित्रको होटलमा लगेर रक्सी खुवाइ आपूm पनि खाएर दुईजना केटी बोलाएको छु जाउँ भन्दै गोविन्दलाई जङ्गलतिर लगेका थिए । झाडीमा ढुकेर बसेका पथरीकै २१ वर्षीय किरण गुरुङले समातेपछि विजयले धारिलो हतियार प्रयोग गरी गोविन्दलाई छियाछिया पारेर हत्या गरेका थिए । हत्यापछि लाश बोकेर शिशौ घारीमा फालेको प्रहरीले वितरित गरेको विज्ञप्तिमा उल्लेख छ । अनुसन्धानको क्रममा धनबहादुर, एलेक्स र किरणलाई उनीहरुकै आ–आÏनो घरमा र विजयलाई केर्खामा १० गते प्रहरीले पक्राउ गरेको थियो ।यसैगरी सामान्य घरायसी झगडामा इन्स्पेक्टर बस्नेतले मोरङको बयरवन–६ का मोहन पोखरेललाई गैरकानुनीरुपमा म्याद नथपी तीन दिन हिरासतमा राखेका थिए । पोखरेललाई भदौ १३ गते मध्याह्न ३ बजे थुनुवा कोठामा थुनेको प्रहरीले १५ गते ९ बजे छाडेको पोखरेलले बताए ।यसैगरी एक महिनाअघि असई राजेश खड्काको टोलीले पथरीको गौरी होटलमा मादकपदार्थ खाएर राति ९ बजे सामान्य भनाभनमा गरेका स्थानीय युवा मिलन राईलाई म्याद नथपी तीन दिन हिरासतमा राखेर छाडेको थियो ।सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ मा थुनुवालाई म्याथ नथपी २४ घण्टाभन्दा बढी राखेमा जसले राख्न आदेश दियो, आदेश व्यक्तिलाई तुरुन्त कारवाही गर्नसक्ने र निलम्बन समेत गर्नसक्ने व्यवस्था छ ।धनबहादुरले हत्या गर्ने प्रमुख व्यक्ति विशाललाई लुगा फेराउने, सुताउने र भोलिपल्ट बिहान बस चढाएदिएको स्वीकार गरेका छन् । ‘अदालती कुरा हो, पछि अदालतले खोजेमा उभ्याइनेछ’, इन्स्पेक्टर रमेश बस्नेतले बताए ।