बक्लौरी/ सफा शहर मानिएको धरानबाट बार्षिक रुपमा ठुलो परिमाणमा उत्पादन हुने फोहोरको डम्पीगं साईड सुनसरीको बक्लौरी गाविस हुँदै आएको छ । धरानबासीहरु सफा शहरको बासिन्दा भएको खुसी महसुस गर्छन् । तर उनीहरुले गरेको गल्तिकै कारण समस्या भोग्नु परेपछि बक्लौरीबासीहरु भने धरानेहरुलाई धारेहात पारेर गाली गदै आएको छन । phor वषौ देखि पिडा वोकेर बक्लौरीवासी बसीरहे पनि समाधानका लागि कसैले चासो दिएको पाईदैन । धरानबासीले उत्पादन गरेको फोहोर सेउती लगायत स्थानिय खोलामा फाल्ने गरिएको छ । त्यही फोहोर बर्षाको समयमा बक्लौरीबासीका खेतीबारीमा आएर थुप्रने गरेको छ । धरानबासीको लापरवाहीका कारण बक्लौरीका जनता पीडित हुँदै आएका छन् । बर्षौ देखी यो समस्या भोग्दै आएको बक्लौरीका स्थानीयवासी सुर्य खड्काले वताए । बर्षेनी समस्या भोगेका बक्लौरीबासी समाधानको पहल नहुँदा आक्रोसित बन्न थालेका छन् । उनीहरु अव समस्या समाधानका लागि फोहोर लिएर धरान उपमहानगरपालिकालाई उपहार दिने बताउन थालेका छन् ।समस्यालाई समाधान नगरेको भन्दै अव उपमहानगरपालिकाका कार्यकारीलाई फोहोर उपहार दिने खड्काको भनाई थियो । बक्लौरीबासीका अनुसार ०५० सालतिरबाट नै धरानको फोहोर सेउती खोला र तीनढ्वाङ्गे(खहरे) खोलाले बगाएर खेतबारीमा पुर्याउन थालेको हो ।धरानका फोहोरले यस क्षेत्रका खेतबारी भरीएका छन् । धानखेतमा प्लाष्टिकका फोहोर, औषधीका वट्टाहरु , सिरिजं जस्ता फाहोरले खेत भरीएका छन । काम गर्ने खेतमा थुप्रीएको फोहोरले समस्या हुने गरेको स्थानीय अगुवा पुष्प प्याकुलेलले वताए । उनले धरानको हेपाह प्रवृद्धिको कारण आफुहरु मारमा पदै आएको आरोप लगाए । यस्तै फोहोरयुक्त पानी खाएर चौपाय समेत विरामी पर्ने गरेका छन् । अर्को तर्फ हजरौँ खेतीयोग्य जमिन बगरमा परिणत हुने हो कि भन्ने चिन्ता बढेर गएको उनले थपे । खेतमा फोहोर थुप्रिएकै कारण आफूहरुलाई खेती गर्न समस्या भएको स्थानिय सुजन शाहले बताए । धान खेतमा सिरिजं, बोटल जस्ता फोहोरहरु थुप्रिएका सामानहरुले खेती लगाउन समस्या भएको शाहले बताए । समस्या समाधान गर्न कसैले चासो नदिउकाले अव आफुहरु चुपलागेर नबस्ने उनको भनाई थियो । यस्ता फोहोरै कारण त्यस क्षेत्रमा विभिन्न खाले स्वास्थ्य समस्या देखिन गरेको सर्वसाधरणहरु बताउँछन् ।