इटहरी/ सप्तकोशी नदीमा शनिबार भएको डुङ्गा दुर्घटनामा दश जना वेपत्ता भएको प्रहरीले जनाए पनि वेपत्ता सूचिमा रहेकी एक बालिका सम्पर्कमा आएकी छिन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईका अनुसार वेपत्ता सूचिमा रहेकी महेन्द्र नगर–५ का पटवारी उरावकी छोरी १४ वर्षीया संगिता उराव सम्पर्कमा आएकी छिन् । उनी सो डुङ्गामा नै नरहेको बताइएको छ । आफन्तलाई जनाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई पनि वेपत्ताको सूचिमा राखेको थियो । प्रहरीको वेपत्ता सूचिमा रहेका मानिस मध्ये सो डुङ्गामा चढेका थिए वा थिएनन् भन्ने सम्म एकिन नहुँदा वेपत्ताको तथ्याङ्कमानै समस्या हुन थालेको छ । बालिका सम्पर्कमा आए पछि अव जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिलेसम्म वेपत्ता हुनेमा ९ जना छन् । शनिबार साँझसम्म कति वेपत्ता भए वा भएनन् भन्ने टुङ्गो लागेको थिएन । आइतबार विहान उनीहरुका आफन्तले वेपत्ता भएको जानकारी गराए पछि दश जना वेपत्ता भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद घिमिरेले बताएका थिए ।
बेपत्ता हुनेहरु
- जिल्ला सुनसरी महेन्द्रनगर ५ बस्ने गोल्छा झाको छोरी बर्ष ७ की रेखा झा ।
- ऐ.ऐ. बस्न गोल्छा झाको बहिनी बर्ष २५ की मिना झा।
- ऐ.ऐ. बस्ने मिना झाको छोरी बर्ष ३ की पुजन झा ।
- जिल्ला सुनसरी प्रकाशपुर ५ बस्ने अखो चन्द्रबंशीको श्रीमति बर्ष ४०/४५ की पार्वति चन्द्रबंशी
- जिल्ला सुनसरी महेन्द्रनगर ५ बस्ने गोल्टु चन्द्रबंशी को श्रीमति बर्ष ४०/४५ की सकुन्तला चन्द्रबंशी ।
- ऐ.ऐ. बस्ने निजकै छोरी बर्ष १२ कि तत्काल नाम नखुलेको ।
- जिल्ला सुनसरी प्रकाशपुर ४ बस्ने डुङगा चालक अ. बर्ष ४०/४५ को तुफानी चन्द्रबंशी ।
- ऐ.ऐ. बस्ने हरिबोल कबिरतको श्रीमति बर्ष ३०/३५ की सिता कबिरत ।
- जिल्ला सुनसरी महेन्द्रनगर ५ बस्ने वर्ष ५५ कि चननदेवी यादव । (श्राेत जिप्रका सुनसरी)