ताप्लेजुङ/पहिरो सँगै झरेको रुखले पुलको दायाँ तर्फको लठ्ठा चुँडाए पछि ताप्लेजुङ नगरपालिका र फुलबारी गाविस जोड्ने तमोर नदि माथीको खड्कुले झोलुङ्गे पुल जोखिममा परेको छ ।
लठ्ठा चुडिएपछि आवत जावतमा समस्या भएको स्थानिय प्रेम काम्बाङले बताए । सो पुल हुँदै ताप्लेजुङ नगरपालिका र फुलबारी गाविसमा ओहोरदोहोर नहुँदा घण्टौ समय लगाएर घुमाउरो बाटो हिड्नु पर्ने देखिएको छ ।तेह्रथुमको सक्रान्ति, फुलबारी र सो गाविस आसपासका गाविस लगायतका ठाँउका मानिस सो पुल हुँदै ताप्लेजुङ सदरमुकाम आवत जावत गर्ने गर्थे । अहिले हाङ्पाङ गाविस हुँदै आगेदिम या नाङ्खोल्याङको मेवाखा भन्ने ठाँउबाट ओहोरदोहोर गर्नु पर्ने भएको छ । ति ठाँउबाट घुम्न घटिमा पनि तीन घण्टा समय लाग्ने स्थानियले बताएका छन् ।