
इटहरी / सप्तकोशी नदीमा शनिबार दिउँसो यात्रु बोकेको डुङ्गा पल्टीएको छ । अहिलेसम्म सो डुङ्गामा सवार ३६ जनाको उद्धार गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले बताए । केही पौडिएर बाँच्न सफल भएका थिए
। उनका अनुसार सो डुङ्गामा कति यात्रु थिए भन्ने एकिन हुन सकेको छैन । सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर ५ राजावास आउँदै गरेको डुंगा शनिबार सवा १२ बजे पल्टीएको हो । प्रकाशपुरमा शनिबार लाग्ने हाटमा सहभागी हुन
आएका मानिस डुङ्गा रहेको बताइएको छ । डुङ्गामा कति यात्रु थिए भन्ने एकिन नभएकोले कति मानिस वेपत्ता भए भन्ने यकिन हुन सकेको छैन । दुर्घटना स्थलमा पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारीका अनुसार सहित जनपथ प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीका साथै स्थानीयबासी उद्धारमा जुटेका छन् ।
डुंगामा ४० देखि ४५ जना भन्दा बढी यात्रु रहेको र क्षमता भन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको अनुमान गरिएको छ । यात्रु उद्धारमा अन्य अन्य डुङ्गा समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चापागाईले बताए ।