विजयपुर/धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्रतिष्ठानहाता भित्रको २४ सै घण्टा सुरक्षा गर्न बार्षिक झण्डै अढाई करोड भन्दा बढि रकम खर्च गर्ने गरेको छ । प्रतिष्ठान सुरक्षाको दृष्टिकोणले निकै संबेदनशील पनि छ । तर प्रतिष्ठानको सुरक्षा गर्ने जिम्मेवारी पाएको केटिएम सेक्युरीटीको ब्यबस्थापन पक्षले प्रतिष्ठानको सुरक्षा ब्ययबस्थालाई चुस्त र समयनुकल बनाउनुको सट्टा ‘पावर सो’ गरेर सुरक्षा गार्डलाई ड्युटी खटाउने गरेपछि प्रतिष्ठान दिन दिनदिनै असुरक्षित हुन थालेको छ ।

[caption id="attachment_14230" align="aligncenter" width="960"]by केटिएमको सुरक्षा घेरा भित्र जलेको मोटरसाईकल[/caption]

यसको पछिल्लो उदाहरण शुक्रबार बिहान प्रतिष्ठान हाता भित्र भएको घटनालाई लिन सकिन्छ ।केटिएम केक्युरीटीको सुरक्षा घेरामा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताको डिटुथ्रि भवन अघिल्तिर पार्किङ गरेर राखिएको तीनवटा मोटरसाइकलहरुलाई अज्ञात समूहले जलाएको छ । जसमध्ये एउटा पूर्ण रुपमा क्षति पुगेका छ भने दुइवटामा सामान्य क्षति पुगेका छन् ।

शुक्रबार बिहानको ४ बजेतिर को २६ प २१४ नम्मरको नयाँ एभेन्जर बाइक पूर्ण रुपमा जलेको छ भने को १७ प ६०९ पल्सर मोटरसाइकलको पछिल्तिरको भागमा सामान्य क्षति पुगेको छ । को १९ प ४२०१ स्कुटी अघिल्तिरको भाग पनि सामान्य क्षति पुगेको प्रतिष्ठान स्थित प्रहरी पोष्टका इन्चार्ज सई तिलक गिरीले जानकारी दिए ।उनले बिहीबार राति तेल चोरी भएको खबर प्राप्त भएकाले त्यस ठाउँमा सर्च गर्दा कुनै पनि मानिसहरु फेला नपरेको तर, बिहान बाइक जलाइएको अवस्थामा फेला परेको बताए । त्यस नजिक राखिएका चारवटा बाइकहरुको तेलको पाइप काटिएको अवस्थामा फेला परेको इन्चार्ज गिरीले बताए ।

प्रतिष्ठानहाता भित्र अस्पतालका डाक्टर,कर्मचारी ,बिद्यार्थी तथा बिरामी कुर्न आउनेहरुका गाडि तथा गाडिको तेल चोरी हुनु लाजलाग्दो बिषय हो मोरङको बिराटचौकबाट बिरामी उपचार गर्न आएका गणेश निरौलाले भने ‘ यसरी असुरक्षा बढेपछि प्रतिष्ठानले खर्च गरेको करोडौ रुपैयाको औचित्य के भयो ?प्रतिष्ठान स्थित कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले प्रतिष्ठानको आन्तरीक सुरक्षा गर्न नै करोडौ रुपैया खर्च गरेर सेक्युरीटी राखिएको भन्दै सुरक्षाको प्रत्याभुती हुनुपर्ने बताए ।प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले घटनाको बिषयमा मौखित तथा लिखित रुपमै जबाफ मागेको बताएका छन् ।

अहिले प्रतिष्ठानको सुरक्षा गर्ने जिम्मेवारी केटिएमको हो,उनले भने केटीएमको बिषयमा बारम्बार कम्प्लेन आई रहेको छ,हामीले यस बियषयमा जबाफ मागेका छौ ।केटिएम सेक्युरीटीका कार्यकारी निर्देशक रामेश्वर शाहले आफुलाई सबैकुरा थाहा नहुने भन्दै पन्छिए ।केटिएम सेक्युरीटीका प्रतिष्ठान स्थित प्रमुख राजेन्द्र श्रेष्ठले घटनामा संम्लग्नहरुको खोजी भईरहेको बताए । घटना कसैको रिसिइबीका कारण पनि भएको हुन सक्ने भन्दै उनले घटनाको अनुसन्धानमा आफुहरु जिम्मेवार भएर अनुसन्धान गरिरहेको बताए । तेल चोरी भएको बिषयमा सुचना आएपछि राती ११ बजे देखि २ बजे सम्म सेक्युरीटीहरु त्यहाँ बसेको उनले जाकारी दिए ।