ताप्लेजुङ/खाद्य संस्थानको शाखा ताप्लेजुङले विक्रि गर्दै आएको चामलको मुल्य चार पटक सम्म घटाए पनि विक्रि नभई गोदामानै थन्किएको छ ।डेढ वर्षअघि ढुवानी भएको चामलको मुल्य चार पटक सम्म घटाए सास्तोमा विक्रिका लागि राखिए पनि विक्रि कमै मात्र भएको खाद्य संस्थान ताप्लेजुङका प्रमुख ललितकुमार यादवले बताए ।आर्थिक वर्ष २०७१÷७२ मा ढुवानी गरिएको एक हजार नौ सय ९३ क्विन्टल चामल अझै एक हजार क्विन्टल भन्दा बढी बिक्री नभई मौज्जात रहेको छ । अघिल्लो आर्थिक वर्षमा ढुवानी भएको चामल नै नविकेपछि गएको आर्थिक वर्षमा चामल ढुवानि नभएको प्रमुख यादबको भनाई छ ।

शुरुमा प्रतिकेजी ४३ रुपियाँले बिक्री भएको चामल चारपटक सम्म मूल्य घटाएर हाल ३५ रुपियाँमा पुग्दा समेत सोचो अनुरुप विक्रि नभएको उनको भनाई छ । हाल खाद्य संस्थानमा उपलब्ध सोना मन्सुली चामल बाहिर बजारमा प्रतिकेजी १० रुपियाँले महङ्गो अर्थात ४४÷४५ रुपियाँ प्रतिकेजीका दरले खरिद विक्री हुँदै आएको छ । यसरी खाद्य संस्थानको बजारमा भन्दा धेरै सस्तो मूल्य पर्ने भएपनि सन्तोषजनकरुपमा विक्री भएको छैन । संस्थानले प्रति क्वीटल अरुवा सोना मनसुलि चामल ३ हजार ४ सय ५० र ३० किलोको प्याक १ हजार ५५ रुपैयाँमा विक्रि गरीरहेको छ ।
संस्थानसँग रहेको चामलको भर्खरै गुणस्तर मापन पनि गरिएकाले उपभोग गर्नलाई योग्य रहेको कार्यालयको भनाई छ । संस्थान आफैंले धान खरिद गरी कुटाएको चामल भएकाले खरीद गर्न सर्वसाधारणलाई संस्थानले आग्रह समेत गरेको छ ।