भद्रपुर/पछिल्लो समय झापाको उत्तरी क्षेत्रमा तस्करी हुने गरेको पाइएको छ । व्यापारी र भन्सार कर्मचारीको मिलोमतोमा भद्रपुर छोटी भन्सारमा हुने कारोबारको विषयमा ब्लाष्टमा केही समययता निरन्तर समाचार सार्वजनिक भएपछि भद्रपुरका व्यापारीले झापा छाडेर इलामको पशुपतिनगरबाट तस्करी गर्न शुरु गरेपछि त्यस क्षेत्रमा तस्करी मौलाएको हो ।

kapada

भद्रपुरका अधिकांश व्यापारीले भारतको मिरिकबाट छिरुवा भन्सार हँुदै पशुपतिनगरको पेट्रोल पम्पको सडक प्रयोग गरी झापा ल्याउने गरेका छन् । कुनै समय छब्बिसे नाका प्रयोग गरी व्यापारीले पिकअप भेन र रात्रिसेवाका बसमार्पmत् कारोबार गर्थे । कारोबार गर्न दोहोरो भन्सार नीति आवश्यक भए पनि नाकाहरुमा भारतीय कस्टम नभएकाले सो क्षेत्रका प्रहरी–प्रशासनलाई खुसी पारेर सामान नेपाल छिराउने गरेको स्थलगत अनुसन्धानमा खुलेको छ ।

यसै क्रममा बुधबार साँझ प्रहरीले साढे ३ लाख बराबरका विभिन्न प्रकारका कपडा बरामद गरेपछि सो क्षेत्रमा तस्करी हुने गरेको पुष्टि भएको हो । उत्तरी क्षेत्रबाट तस्करी हुने गरेको सूचना पाएर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले इलामबाट झापातर्पm आउँदै गरेको रात्रि बसमा गरेको जाँचको क्रममा चारआली क्षेत्रबाट कपडा बरामद गरिएको झापाका डीएसपी तथा प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले बताए । प्रहरीले कुर्ता–सुरुवाल, सुटिङ, मखमली चोलोलगायतका बहुमूल्य कपडा बरामद गरेकोे प्रवक्ता शर्माले जनाए । बरामद गरिएका चार पोका कपडा बिहीबार मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । कपडा चन्दन नाम गरेका व्यापारीको रहेको स्रोतले जनाएको छ । केही दिनघि पनि झापा आउँदै गरेको एक लाख ३० हजार रुपैयाँबराबरका कपडा प्रहरीले बरामद गरेको थियो ।

उत्तरी क्षेत्रबाट आएको कपडा झापाका प्रहरीले बरामद गरेपछि व्यापारीसँग इलामका प्रहरी प्रशासनको मिलोमतो भएको स्पष्ट भएको सो क्षेत्रका स्थानीयको भनाइ छ । पशुपतिनगर भन्सार कार्यालयका अधिकृत प्रकाश पोखरेलले भने २ लाखका सामान ल्याउन भारत कस्टमको आवश्यकता नपर्ने बताए । व्यापारीले आपूmहरुले सामान ल्याउँदै गरेको जानकारी कार्यालयलाई दिएपछि छब्बिसे र छिरुवा छोटी भन्सारबाट बनाइएको पत्रको आधारमा मूल भन्सारले राजश्व काट्ने नियम रहेको अधिकृत पोखरेलको भनाइ छ । पशुपतिनगर इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर महेश खनालले प्रहरी अन्तर्यामी नभएको जनाउँदै सबै क्षेत्रमा प्रहरी जान नसकेकाले यस्ता छिटफुट घटना भइरहने बताए । सामान बरामद भएको विषयमा भने आपूmलाई जानकारी नभएको उनको भनाइ छ । भद्रपुर भन्सारमा केही कडाइ भएपछि तस्करहरु चारैतिर सलबलाउन थालेको स्थानीय बताउँछन् । अहिले भद्रपुका व्यापारीले भारतको कादो गाउँमा ४० पोका, देवी बस्तीमा ४० पोका, झापाको घेराबारीमा ३५ पोका, इलामको छिरुवा भन्सार वरपरका क्षेत्रमा २७ पोका कपडा रहेको एक कारोबारीले नाम नबताउने शर्तमा जनाए । व्यापारीले सीमा क्षेत्रमा सामान ल्याएर राखेको सूचनाका आधारमा सीमाक्षेत्रका सबै प्रहरी इन्चार्जलाई तस्करी रोक्न निर्देशन दिइसकेको झापाका एसपी शैलेस थापा क्षेत्रीले बताए । सूचनालाई गम्भीर रुपमा लिएर काम गरिरहेको उनको भनाइ छ ।