14171866_10210697921473087_482499754_n धरान /  युनाईटेड अरब ईमिरेट्स (युएई) को रस अल खैमहामा सेप्टेम्बर – २ मा भएको तीज महोत्सवमा गायीका ज्योती मगरले तताएकीछन् । छोटा लुगा लगाएर उत्तेती हाउभावमा गित गाएर चर्चामा आएकी मग्रको दमदार प्रस्तुतीले माहौल तातेको थियो । माथिसम्म तिग्रा देखिने घागर र चोलीमा मञ्चमा देखिएकी मगरको उत्तेजीत प्रस्तुतीले सबैलाई नचाएको थियो । ज्योती मगरको उत्तेजीत प्रस्तुती हेर्न झण्डै १ हजार दर्शकहरु हलमा भेला भएका थिए । कार्यक्रम संयोजक तथा एनआरएन रसअल खैमहका अध्यक्ष राजेन्द्र रोस्याराले ज्योतिको कार्यक्रम हेर्न सयौ दर्शकले स्वस्फुर्त उपस्थिती जनाएको बताए । उनीसँगै गंगा घर्ती मगर, लोक गायक नबिन पौड्याल र गोपी कृष्ण पङगेनी गायतको सहभागीता रहेको थियो । युएईमा रहेका प्रतिभाहरुको बेजोड प्रस्तुती गरेको थियो । गैर आबासिय नेपाली संघ (एनआरएनए) र अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) रस अल खैमह क्षेत्रीय समितीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा युएईमा रहेका नेपाली कलाकारहरु क्षितिज चिन्तन, प्रशान्त पौडेल, अर्जुन हान्छुवा, सुर्य बहादुर बोहोरा, भावना ढकाल लगायत दर्जनौ कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । युएईको सरकारी थिएटरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा युएईका लागि कार्यबाहक राजदूत नेत्र बहादुर टण्डन रहेका थिए । बिशेष अथितीहरुमा एनआरएन युएईका अध्यक्ष सुदीप कार्की, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाली सोसल क्लबका अध्यक्ष सालीक सुबेदी, समाजसेवी एवम पत्रकार डिल्ली प्रसाद आचार्य, डा. दिनेश आचार्य तथा पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोईरालालगायतको उपस्थिती रहेको थियो । पत्रकारलाई सम्मान गत बर्ष सिरियामा बेचिएकी बुटवलकी रेनु मगरलाई उद्धार गर्न ठूलो योगदान गर्ने नेपालका पत्रकार मनोज श्रेष्ठलाई सो कार्यक्रममा नगद सहित विशेष सम्मान गरिएको थियो । विभिन्न राष्ट्रिय मिडियाहरुका काम गरिसकेका पत्रकार श्रेष्ठले मगरलाई उद्धार गर्न विशेष भूमिका निर्वाह गरेका थिए । श्रेष्ठकै नेतृत्वमाManoj-Stha-Samman1 रेनुको उद्धार सम्भव भएको थियो । उनलाई नगद ५० हजार सहित सम्मान गरिएको छ । यस्तै कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने व्यत्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।