धरान/उच्च डल्फिन पूर्वाञ्चल एकेडेमिको आयोजनामा भाद्र ३१ गते हुन लागेको डल्फिन स्टर अन्र्तगत मिस डल्फिनको तयारी तिव्र गतिमा भइरहेको छ ।
तयारी स्वरुप सहभागि प्रतिशप्रर्धी विद्यार्थीहरुलाई फिटनेसको लागि सोमवार बास्केटवल खेल खेलाइएको छ । उनिहरुलाई पूर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले प्रशिक्षण दिएका थिए । प्रतिश्पर्धामा सहभागि ११ जनालाई धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा प्रशिक्षण गराइएका हो । उनिहरुलाई बास्केटवल खेल र खेलको माध्यम वाट कसरी फिटनेस रहने भन्ने विषयमा प्रशिक्षक राईले प्रशिक्षण दिएका थिए ।

उनिहरुलाई फिटनेसको लागि वावु डाडा र व्रिटिस स्मृति पार्क हाइकिङ्ग, जुम्वा ,एरोविक लगायत पनि गाराउने आयोजक टिमका सदस्य सालिक सतासकले जानकारी गराए ।सहभागिहरुको व्यातिmत्व विकास गर्नका लागि साथै अतिरिक्त विषयमा जानकारी गराउन विभिन्न विषयमा प्रशिक्षण गराइ रहेको साथै आन्तरीक पर्यटन विकासको लागि तथा जानकारीका लागी भेडेटार, नाम्जे, नमस्ते झर्ना, लगायत स्थानहरुको अवलोकन तथा भ्रमण कार्यक्रम पनि रहेको एकेडेमिका संचालक तथा कार्यक्रम संयोजक सन्तोस राइले जानकारी दिए ।
[caption id="attachment_11998" align="alignnone" width="1024"]
तस्विरहरु- बिकाश चाम्लिङ राई[/caption]































