खादवारी  / पूर्वका चर्तित गायक खेमराज गुरुङको पार्थिव शरिर गृह जिल्ला संखुवासभा ल्याइएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि यति बेला खादबारी टुटिखेलमा शुभचिन्तक, आफन्तहरुको भीडभाड छ । शुभचिन्तक र जिल्लाबासीले आग्रह गरेपछि गुरुङको पार्थिवkhem शरिर संखुवासभा सदरमुकाम खाँदबारीमा एक घण्टाका लागि आइतबार हेलिकप्टरबाट ल्याएको हो ।

खेमराजको पार्थिव शरिर ल्याउने खबर पाएपछि गाउँगाउँबाट मानवसागर उर्लिएको छ । भीड हटाउन प्रहरीलाई हम्मे हम्मे परेको छ । उनको शव टुडिँखेलमा ल्याइए पछि पुरै जिल्ला स्तब्ध बनेको छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सेनाका गुल्मपति, प्रहरी नायव उपरीक्षक, शसस्त्र प्रहरीका निरीक्षक, जिल्लाका सरकारी कार्यालय प्रमुखहरु लगषयतस्थायनिले पनि उनको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

खेमराजका समकक्षी पत्रकार दीपेन्द्र वान्तवाले सबैले एकपटक पार्थिव शरिर भएपनि जिल्ला ल्याउनुपर्ने भनेपछि एक घण्टाका लागि ल्याइएको बताएका छन् । । एक घण्टा पछि उनलाई राजधानी नै लगिएको थियो ।

हेलिकप्टर जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा राखिएको थियो । उनको पार्थिव शरिर लिएर गायक नवीन खड्का, पत्रकार दीपेन्द्र वान्तवा, उनका भान्जा मणी शेखर गुरुङ, टीकाराम गुरुङ र जेठा छोरा पुगेका थिए । २०३१ साल माघ १ गते खाँदबारीमा जन्मेका खेमराजले सदरमुकामको हिमालय माध्यमिक विद्यालयमा अध्यायन गरेका हुन । वारी जमुना पारी जमुना भन्ने गीत तुम्लिङटारस्थित मनकामना मन्दिरको पेरिफेरी पारेर गाएका हुन । गुरुङले ०५७ र ०५८ मा म्यूजिक नेपाल पुरस्कार, ०५८ मा छिन्नलता युवा प्रतिभा पुरस्कार, मनकामना महोत्सव ०५८ मा कदरपत्र, भोजपुर साहित्य कला, संगीत महोत्सव सम्मान, हिट्स एफएम रेकर्ड अफ दि इयर, म्यूजिक नेपाल दशक पुरस्कार ०६०, प्रबल गोरखा दक्षिणबाहु चौथा ०६१, इमेज अवार्ड ०६२ लगायत विभिन्न संघसंस्थाबाट प्रशंसापत्र र पुरस्कार पाएका थिए ।

कलेजोमा समस्या भएपछि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका खेमराजको बिहीबार मृत्यु भएको थियो । खेमराजको श्रीमती र २ छोरा छन् । उनको आइतबार पशुपति आर्यघाटमा गुरुङ परम्पराबाट अन्तिम संस्कार गरिने उनको परिवारले जानकारी दिएको छ ।