धनकुटा/तामाङ समुदायको उपस्थिति पत्रकारिता क्षेत्रमा कम भएकाले अहिलेका युवा पुस्तालाई पत्रकारितामा ल्याउन उत्प्रेरणा जगाउनु पर्ने वुधवार यहाँ आयोजित एक अन्तरक्रिया तथा शुभकामना आदन प्रदान कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिएका छन् । २२ औं तामाङ प्रसारण दिवशको अवसरमा धनकुटाको पाख्रीवासमा तामाङ संचार समुह धनकुटा शाखाको आयोजना गरेको “संचारमा तामाङ भााषाको वर्तमान अवस्था” विषयक अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकारिता क्षेत्रमा तामाङ युवायुवतीहरुको उपस्थिति वढाउन तामाङ घेदुङले समुदायमा भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका छन् ।

प्रश्तुत् कार्यपत्र माथि टिप्पणी गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सचिव निरेन तितुङ तामाङले नेपाली संचार माध्याममा तामाङ समुदायको उपस्थिति कम हुन तामाङ सादायले संचारको महत्व वुझ्न नसकेर रहेको वताएका छन् । उनले अव धनकुटाका तामाङ युवायुवतीहरु आफ्नै घरका ढेडो रोटो खाएर भए पनि विदेश नगै जिविकापर्जनको विकल्प आफै खाजेर भए पनि राजनिति र पत्रकारितामा लाग्ने वताएका छन् । प्रमुख अतिथि तामाङले तामाङका मात्र हैन जनजातिका छोराछोरी मरितरी एसएलसीसम्म पढ्छन्, त्यो भन्दा माथि गए भने ११÷१२ सम्म पढ्छन, पास भए ठिकै छ नभए विद्यालय छोडेर विदेसिने प्रवृती वढेको भन्दै विदेश जानेलाई अव निरुत्साहित गर्नु पनेृमा जोड दिएका छन् । आदिवासी जनजातिले स्वदेश मै वसेर राम्रोसंग नपढ्दा र राजनिति नगर्दा राज्यको हरेक निकायमा पछि परेको ठोकुवा गरेका छन् । त्यसैगरी अन्तरक्रिया कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले तामाङ घेदुङ र तामाङ संचार समुहले अव सामाजिक जागरण मात्र हैन तामाङ समुदायमा राजनितिक जागरण ल्याउनु पर्नेमा जोड दिए । उनले आदिवासी जनजातिहरु जल, जमिन र जंगलसंगको उद्धशअन्योन्याश्रित सम्वन्ध हुने भएकाले ढुङ्गा, गिटी, वालुवा रोक्ने अधिकार सरकारलाई नभएको वताए । उनले धनकुटाको सम्पुर्ण मजदुर एक भएर अघि वढ्ने हो भने ढुङ्गा, गिटी, वालुवा प्रतिवन्ध लगाएको विरुद्ध आदिवासी जनजाति महासंघ धनकुटाले आइ.एल.ओ १६९ लाई टेकेर आन्दोलनको अगुवाई गर्न तयार रहेको उद्धघोश गरेका छन् । तर उनले एमाले, माओवादी र कांग्रेसका मजदुर आफ्नो पेटमा सरकारले लात हान्दा समेत कानमा तेल हालेर अवोध अनी निरिह भएर वसेका छन् भन्दै व्याङ्गय गरेका छन् । त्यसैगरी नेपाल तामाङ घेदुङ सान्ने वडा इकाईका अध्यक्ष जंगवहादुर वम्जन तामाङले तामाङ एकता र जागरणको अभियान गाउँगाउँसम्म लानु पर्नेमा जोड दिएका छन् । उनले अव तामाङ घेदुङको कायृक्रम वजारमा होईन गाउँ गाउँसम्म पुग्नु पर्नेमा जोड दिए । त्यसैगरी पाख्रीवास नगर घेदुङका अध्यक्ष रत्नमान मोक्तान तामाङले राजनितिक पार्टीले तामाङलाई फुटाएको भन्दै धनकुटा जिल्लाका सम्पुर्ण तामाङ एक भएर अघि वढ्ने हो भने हार्ने सांसदले जित्छ, जित्ने सासंदले हार्ने दावी गरे । उनले जसका लागी तामाङ घेदुङ धनकुटाले अव धनकुटामा तामाङलाई राजनितिक एकता गर्न अभियान चलाउनु पर्नेमा जोड दिएका छन् । पाख्रीवास नगर घेदुङका अध्यक्ष रत्नमान मोक्तान तामाङको अध्यक्षतमा सम्पन्न अन्तरक्रिया कार्यक्रम नेपाल तामाङ घेदुङ धनकुटाका अध्यक्ष सिताराम थिङ तामाङ, लामा घेदुङ धनकुटाका प्रतिनिधि तेजवहादुर वम्जन तामाङ, सान्ने इकाई घेदुङका सचिव मेखवहादुर तामाङ, पाख्रीवास इकाई घेदुङका सचिव श्याम तामाङ,जनविश्वास साप्ताहिकका स्थानिय सम्वादादता मिनकुमार देवान, प्रशिक्षार्थि पत्रकार दिपा तामाङ लगायते आ–आफ्नो धारणा राख्दै पत्रकारिता क्षेत्रमा तामाङ समुदायका युवा÷युवतीहरुको उपस्थिति गराउन आवश्याक पहल गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको संचालन तामाङ संचार समुहका केन्द्रिय सदस्य मानवी मोक्तान तामाङले गरेकी थिइन भने अन्तरक्रिया कार्यक्रमको सहजकिरण समुहका संस्थापक अध्यक्ष एवं केन्द्रिय सदस्य सन्तवीर मोक्तान तामाङले गरेका थिए ।