धरान /धुलिखेलबाट बसाई सराईको क्रममा धरान आइपुगेका धुलिखेलबासीहरुको साझा संस्था धुलिखेल समाज धरानले आफ्नै भवन निर्माण गरेको छ । दुई वर्षअघिदेखि भवन निर्माण गर्न थालेको समाजले निर्माण सम्पन्न गर्दै शनिबार उद्घाटनसमेत गरेको छ । ६० लाख रुपैयाको लागतमा निर्मांण गरिएको भवनको समाजका केन्द्रीय अध्यक्ष देवमन्दिल खोजू र धरानका अध्यक्ष ललितमान श्रेष्ठ तखाछेले संयुक्त रुपमा उद्घाटन गरे । dhulikhel धरान १ पृथ्वीपथमा निर्माण भएको भवनको दोस्रो तलासमेत चाडै निर्माण गर्न सुरु गरिनेसमेत घोषणा गरिएको छ । भवन निर्माण समितिका संयोजक युगलकुमार श्रेष्ठ तखाँछेले दोस्रो तलाको कामसमेत सूचारु गरिने बताए । धुलिखेलबाट नेवारको पनि २३ वटा खलकहरु धरान आइपुगेका छन् । जसमध्ये ९० घर परिवारहरु यो समाजमा आवद्ध छन् भने १२२ जना आजिवन सदस्यहरु रहेको कार्यक्रम समितिका सदस्य मोहन श्रेष्ठले जानकारी दिए । समाजको लागि निर्माण गरिएको भए पनि आम धरानवासीहरुको कार्यक्रमको लागिसमेत स्थान दिइने अध्यक्ष ललितमानले बताए । २०६१ सालमा स्थापना भएको समाजको १२ औं साधारण सभासमेत गरिएको छ । जसमा अतिथिहरुको स्वागत समाजकी सह सचिव इन्दु श्रेष्ठ कोजूले गरेकी थिइन् भने प्रथम उपाध्यष दीपककुमार श्रेष्ठ कोजूले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा कोषाध्यक्ष सुनिल तुसुजूले आर्थिकप्रतिवेदन प्रस्तुत गरेका थिए भने महिला समितिको संयोजक निल तुसुजूले महिला समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा सिक्किम नेवा गुठीका अध्इक्ष दिलुकुमार मास्के, नेवा देय दवूका जिल्ला अध्यक्ष सरला कायस्थ, धुलिखेल समाज सेवा इटहरीका अध्यक्ष प्रविण माकजू, केन्द्रीय उपाध्यक्ष दिलसुन्दर टक्सारी, केन्द्रीय महासचिव गयानाथ माकजू र केन्द्रीय कोषाध्यक्ष शिवचन्द्र माकजूलगायतले शुभकामना मन्तव्यसमेत दिएको थिए ।