धरान / धराने सगीत पारखीहरुको लागी एक दिने ड्रम एण्ड वेश गिटारको कार्यशाला गोष्ठि मंगलवार धरान ९ स्थित वी म्युजिक आर्टस एण्ड ईलेक्टिकको शो रुममा सम्पन्न भएको छ । पूर्वाञ्चलको एक मात्र व्राण्डेड संगितका सामग्रीहरुको विक्रेता वी म्युजिक आर्ट एण्ड ईलेक्टोनिकले सो गोष्ठिको आयोजना गरेको थियो । धरानका नयाँ तथा पुराना गरी झण्डै २० जना ड्रमर तथा वेश गिटारका सगितकर्मीहरुले भाग लिएका थिए । गोष्ठिमा नेपालका नामुद व्यवसायी ड्रमर जय राम कार्की र भारतका प्रसिद्ध वेश गिटार वादक सावन वी पेङ्गगे्रपले प्रशिक्षण दिएका थिए । धरान जस्तो सानो शहरमा पनि वेश गिटार सिक्न चाहने युवाहरुको जमात देखेर आफु अच्चममा परेको वताउदै भारतीय गिटारवादक सावनले स्थानिय गिटारीष्टहरुले वोलाएमा आफु फेरी पनि आएर प्रशिक्षण दिन सक्ने वताए । प्रशिक्षणमा धरानको प्रसिद्ध व्याण्ड आउट साईडरका कलाकार तथा धरान संगित प्रतिष्ठानका अध्यक्ष मचेन सुव्वाको पनि सहभागिता रहेको थियो ।