भद्रपु/ रोटरी क्लब अफ भद्रपुरले आफ्नो वार्षिक कार्यक्रम अनुसार नगर क्षेत्रमा विभिन्न प्रजातीका ५ सय विरुवा रोपेको छ । भद्रपुर नगरपालिकाको सहयोग तथा क्लबको आयोजनामा सोमवार विहान भद्रपुर ८स्थित मेची अञ्चल अस्पताल छेउ देखि सडकको दाँया वाँया करिब ३ सय मिटर लम्बाईमा बृक्षारोपण गरेको हो ।

20160815_081211 क्लबले चेक रासी ४ सय,धुपी विस र अन्य असीओटा विरुवा रोपेको छ । भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरे एवं क्लबका अध्यक्ष दिपेश ढकालले संयुक्तरुपमा बृक्षा रोपण गरि उद्घाटन गरेका थिए । नगरपालिका र क्लवको बराबरी लागतमा विरुवा जम्मा गरिएको थियो ।

कार्यकारी अधिकृत घिमिरेको प्रमुख आतिथ्य तथा क्लबका अध्यक्ष ढकालको सभापतित्वमा सम्मपन्न भएको कार्यक्रममा रोटरियन टिका राज ढकालले कार्यक्रको औचित्यमाथी प्रष्ट पारेका थिए । कार्यक्रममा विभिन्न संघ संस्था, समाजसेवी, पत्रकार लगायतले बृक्षारोपण गरेका थिए । रोटरियन सुरज खत्रीले कार्यक्रमको संचालन गरेका थिए ।