पाँचथर / जिल्लाको एकतीन गाविस–४ लाई स्थानीयले मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन् । मदिराजन्य पदार्थ खुलमखुला बिक्री–वितरण गरिँदा गाउँमा विकृति भित्रिएको भन्दै स्थानीयले प्रशासनलाई खबर गरेर मदिरा निषेधित क्षेत्र घोषणा गरेका हुन् । वडा नागरिक मञ्च र स्थानीय अगुवाहरुको सक्रियतामा गत वैशाखदेखि सो वडालाई मदिराजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरिएको स्थानीय तिलप्रसाद खत्रीले बताए । विशेष गरेर गाउँका युवाले मदिराजन्य पदार्थ सेवन गरी भैmझगडा गर्ने र अनावश्यक होहल्ला गर्ने जस्ता सामाजिक सद्भावमा खलल पुग्ने क्रियाकलाप बढेपछि सबैको सहमतिमा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा नागरिक मञ्चका अध्यक्ष रत्नबहादुर खत्रीले बताए ।
१ सय ५० घरधुरी रहेको एकतीन गाविसको ४ नम्बर वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएसँगै विकृतिजन्य क्रियाकलापमा समेत कमी हुन थालेको खत्रीले बताए । नियम उल्लङ्घन गर्नेलाई जरिवाना गरिनेसमेत खत्रीले बताए ।