धनबहादुर पुरी,
कोशी ब्यारेज (सुनसरी) अन्तराष्ट्रिय आतंकवादी संगठनले कोशी ब्यारेजको पुलमा ‘आक्रमण’ गर्ने योजना बनाएको तथ्य खुलेको छ । जिल्ला प्रशासन कार्यलय सुनसरीलाई भारतको विरपुर जिल्लाका डिस्ट्रिक म्याजेस्टेड (डिएम)ले पत्र पठाउँदै शान्ति सुरक्षा हाईअलर्टमा राखिदिन आग्रह गरेको हो ।
सुनसरी प्रशासन कार्यालयलाई पत्र लेख्दै लस्करे ए तोइवा, जय श्री मोहमद र पाकिस्तानी मुजाहिदीनले कोशी पुलमा आक्रमणको योजना बनाएको तथ्य वाहिर आएको हो । उक्त पत्र ५ दिन अघि सुनसरी प्रशासनमा प्राप्त भएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले जानकारी दिए । उनले भने–आतंकवादीहरुले कोशीलाई पुललाई निशानामा राखेको कारण सुरक्षा सतर्कता अपनाउँदै पत्र काटेको उनको भनाई थियो ।
भारतीय टेलिभिजन आजतकको अनलाईन संस्करणमा पनि कोशी ब्यारेजमा आक्रमणको योजना बनेको समाचार बाहिर ल्याएको थियो । समाचारमा आतंकवादी संगठनको नाम भने उल्लेख छैन । आक्रमणको योजना बनाएपछि सिमा सुरक्षा बल र बिरपुर प्रशासनले नेपाल प्रशासनलाई पत्र पठाएसँगै कोशी ब्यारेज क्षेत्रमा उच्च सुरक्षा अपनाईएको जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ । ब्यारेजसँगै भण्टावारी तथा अन्य नाकाहरुमा पनि उच्च सुरक्षा अपनाईएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको बताए ।
ब्यारेज पारी सप्तरीमा पहिले देखी नै शसस्त्र प्रहरी सुनसरीमा भने नेपाल प्रहरीको टोलीले सुरक्षा दिदै आएको थियो । साथै कोशी नदीमा जालबाट माछा मार्ने र दाउरा निकाल्न प्रतिबन्ध गरेको जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ । आईतवार भारतवाट दुई जना पत्रकारसमेत आएका थिए । तर भारतका मिडियाहरुलाई अहिलेसम्म सुनसरी प्रशासनले सूचना नदिएको वताईएको छ ।
जिल्ला प्रहरी प्रमुख पोषराज पोखरेलले भने सुनसरीको सिमावर्ती क्षेत्रमा सिसि टिभि जडानको काम भईरहेको वताए । उनले केहि दिन यता उच्च सुरक्षा अपनाएको पनि वताए । आईतवार यही विषयलाई लिएर जिल्ला प्रशासन कार्यलय सुनसरीमा जिल्ला सुरक्षा समितिको बैठकसमेत वसेको छ । आतंकवादी संगठन लस्करे ए तोइवा, जय श्री मोहमद र पाकिस्तानी मुजाहिदीनले भारतमा धेरै पटक बम बिस्फोट, सुरक्षाकर्मी र नागरिक माथि आक्रमण गदै आएको छ ।