धरान/झापाको खुदुनाबारीकी एक किशोरी अाफै कामदार रहेको घरका विद्यालय सञ्चालकबाट पटक–पटक बलात्कृत भएको घटना सार्वजनिक भएको छ । स्थानीय कञ्चनजङ्घा बोर्डिङ स्कुलका सञ्चालक विक्रम गोलेबाट पटक–पटक बलात्कृत भएकी १५ वर्षीया किशोरीलाई गर्भ फ्याँक्न धरान ल्याइएको सूचना पाएपछि धरान प्रहरीले किशोरीसहितलाई नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो । स्वास्थ्य जाँचका नाममा बिहीबार धरान ल्याइएकी किशोरीलाई बीपी प्रतिष्ठान नलगी नजिकैको एक होटलमा राखेर गर्भ फ्याँक्ने तयारी भइरहेको सूचना पाएर पुगेको धरान प्रहरीको टोलीले पक्राउ गरेको हो । ती किशोरीलाई शुक्रबार अपराह्न ३ बजेसम्म पनि अस्पताल नलगी होटलमै राखिएको अवस्थामा प्रहरीले उनीसहित उनलाई धरान लिएर आउने आरोपित युवककी काकी सरस्वती गोले सिटौलालाई पनि नियन्त्रणमा पनि लिएर अनुसन्धान थालेको छ । carton पक्राउ परेकी सरस्वती स्थानीय सरकारी विद्यालयकी प्रधानाध्यापिका रहेको खुल्न आएको छ । करीब तीन वर्ष अघिबाट गोलेको घरमा घरेलु मजदुरका रुपमा काम गरिरहेकी किशोरीमाथि गत चैतबाट पटक–पटक यौन शोषण भएको पीडित युवतीले बताएकी छन् । पीडितले गत चैतमा पहिलोपटक दिउँसो घरमा कोही नभएको समयमा पढिरहेको बेला पुस्तकले मुख थुनेर जबर्जस्ती गर्न खोजेको सुनाइन् । उनले त्यो घटनाको एक सातापछि राति करीब १२ बजे पहिलोपटक मुख थुनेर अफुमाथी जबर्जस्ती करणी गरेको सुनाउँदै भावविह्वल मुद्रामा भनिन्, ‘म सुतिसकेको थिएँ । मलाई बोलाउनुभयो, ढोका खोल्नेबित्तिकै मेरो मुख थुनेर जबर्जस्ती ग¥यो । मैले डरले गर्दा केही पनि बोल्न र प्रतिकार गर्न सकिनँ । त्योमाथि उहाँ तिहारमा अाफैले टीका लगाएर दाइ मानेको मान्छे हो ।’ ९ कक्षामा अध्ययनरत् पीडितले पारिवारिक समस्याका कारण पढाउने शर्तमा अाफुले गोलेको घरमा काम गरिरहेको बताइन् । टीका लगाएर दाइ मानेको व्यक्तिबाटै बलात्कृत भएको कुरा सुनाउन अाफुलाइ समस्या भएको बताउँदै उनले भनिन्, ‘त्यही भएर पटक–पटक ममाथि त्यो घटना दोहोरियो । करीब १–१ महिनाको फरकमा ३ पटक ममाथि जबर्जस्ती ग¥यो ।’ अाफुले कसैलाई सुनाउन नसकेको तर गाउँलेले पेटमा परिवर्तन देखेपछि बुधबार मेडिकल जाँच गर्न बिर्तामोड लगिएको र त्यहाँ गर्भ रहेको रिपोर्ट आएपछि कुरा बाहिर आएको उनले सुनाइन् । बिर्तामोडस्थित हनुमान मेडिकलमा स्वास्थ्य जाँचपछि थप जाँचका लागि भन्दै अाफुलाइ धरान ल्याइएको तर अस्पताल भने नलगिएको उनले बताइन् । उनलाई धरान लिएर आउने आरोपितकी काकी सरस्वतीले भने अाफुलाई यस विषयमा कुनै जानकारी नभएको दावी गरिन् । उनले ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि नै धरान ल्याइएको जिकीर गरे पनि बिहीबार र शुक्रबार अस्पताल नलगिएको विषयमा भने केही पनि बताउन सकिनन् । उनले गर्भ फ्याँक्न ल्याएको आरोप गलत रहेको दावी गर्दै भनिन्, ‘उसका आफन्त आइनपुगेका कारण अस्पताल लान सकिएन ।’ उनले आफन्त नआएको दावी गरे पनि किशोरीका आफन्त भने उनका हजुरबुबाको मृत्यु भएका कारण काजकिरियामा रहेको खुल्न आएको छ । किशोरीका एक आफन्तले परिवारका सबै मान्छे काजकिरियामा व्यस्त रहेको जनाइन् । किशोरीलाई दमक भनेर धरान ल्याइएको पनि खुल्न आएको छ । बिहीबारदेखि किशोरीलाई गाउँमा नदेखिएपछि गाउँलेले शंका लागेर सोधपुछका लागि प्रहरीकहाँ जाँदा उनी दमक गएको सूचना दिइएको बताइएको छ । आपूmले न्याय पाउने सम्भावना नरहेको पीडितले बताइन् । उनले भनिन्, ‘म के नै गर्न सक्छु र ? त्योमाथि मेरो परिवार गरीब र अशिक्षित छ । तिहारमा अाफैले टीका लगाएर दाइ मानेको व्यक्तिलाई न त म स्वीकार्न सक्छु, न पेटमा भएको बच्चालाई जन्म नै दिन सक्छु ।’ उनले आफ्नो जीवन नै पूरै बर्बाद भएको दुखेसो गर्दै न्यायका लागि सहयोगको याचनासमेत गरेकी छन् । पटक–पटक प्रयास गरे पनि आरोपित विक्रमसँग सम्पर्क हुन सकेन । उनको ९८०४९५१७३९ नम्वरको मोबाइलसमेत बन्द छ । बिर्तामोड प्रहरीले घटनाको सूचना आएको र उनको खोजी भइरहेको बताएको छ । बिर्तामोडका डीएसपी खड्गबहादुर खत्रीले धरान प्रहरीबाट सूचना पाएलगत्तै खोजी शुरु गरिए पनि फेला पार्न नसकिएको बताए । धरानका डीएसपी ढकेन्द्र खतिवडाले भने गर्भ फ्याँक्न धरान ल्याइएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर छानविन थालिएको बताए । उनले बिर्तामोड प्रहरीलाई घटनाका विषयमा जानकारी गराइएको र आवश्यक कारवाहीका लागि झापा पठाउने तयारी भइरहेको जनाए । नेतृहरुको चासो महिला हिंसाविरुद्ध र अधिकारका पक्षमा सक्रिय झापाका नेतृहरुले सो घटनाका विषयमा चासो देखाएका छन् । एमाले नेतृ जसमाया गजमेरले घटनाका विषयमा चासो देखाउँदै आरोपितलाई तत्काल पक्राउ गरी कारवाही अघि बढाउन प्रशासन समक्ष माग गरेकी छन् । उनले पीडितलाई न्याय दिलाउने काममा आपूmसहित झापाली महिलाको पूर्ण साथ र सहयोग रहने वचन दिएकी छन् । उनले क्षमा, माफी र मिलापत्र गराएर घटना ढाकछोप गर्न खोज्नु पनि अपराध भएको बताउँदै आरोपित जो कोही भए पनि कानूनी कठघरामा आउनुपर्ने बताइन् । उनले भनिन्, ‘सहमतिमै भएको हो भने पनि भ्रुण हत्या गर्नु अपराध हो, त्यो स्वीकार्य हुन्न । पीडितले अधिकार र दोषीले सजाय पाउनैपर्छ ।’ माओवादी केन्द्रकी नेतृ लक्ष्मी न्यौपानेले घरेलु हिंसा र जबर्जस्ती करणीका घटनामा संलग्नलाई उन्मुक्ति नदिन र पीडितलाई न्याय दिलाउन प्रशासनसँग माग गरेकी छन् । उनले पीडितलाई न्याय दिलाउने काममा आफ्नो नेतृत्वमा रहेको सञ्जालले सक्दो सहयोग गर्ने वचन दिएकी छन् । पीडितलाई न्याय दिलाउने काममा महिला अधिकारकर्मी र कानून व्यवसायी समेतको सहयोग लिएर अघि बढ्ने वचन दिँदै भनिन्, ‘हाम्रा तर्पmबाट पीडितलाई न्याय दिलाउने काममा कुनै कन्जुस्याइँ रहने छैन ।’ त्यसैगरी नेपाली काङ्ग्रेसकी नेतृ लीला मैनालीले पनि पीडितले न्याय पाउनुपर्ने बताइन् । उनले जीविकोपार्जन र सुरक्षाका लागि घरेलु कामदारका रुपमा आश्रय लिएको घरबाटै हिंसाको शिकार बन्नु दुःखद् भएको बताइन् । खुदुनाबारी घटनाकाबारे छानविन गरी दोषीलाई कारवाही गराउन महिला सञ्जाल झापाले सहयोग गर्ने वचन दिएकी छन् ।