ताप्लेजुङ/ताप्लेजुङमा मदिराजन्य बस्तुबाट एकै वर्षमा आठ लाख भन्दा बढि राजस्व संकलन भएको छ । जिल्ला भित्र मदिराजन्य बस्तुको कारोवार गर्न दिएको ईजाजत, नविकरण र जरिवानाबाट आर्थिक वर्ष २०७२÷०७३ मा आठ लाख ८९ हजार १ सय ५ रुपैँया राजस्व संकलन भएको हो । paisa कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार हाल सम्म लिएको इजाजत पत्र संख्या २ सय ९६ रहेको र ति मध्य १ सय ४५ को नविकरण भएको छ । एक आर्थिक वर्ष भित्रै १७ जनाको इजाजत पत्र रद्ध गरिएको छ भने ३८ जनालाई मदिराजन्य वस्तुको कारोवारका लागि इजाजत पत्र प्रदान गरिएको कार्यालय प्रमुख वीरबहादुर श्रेष्ष्ठले बताए। सोही आथिक वर्ष भित्रै सुर्तिजन्य बस्तुबाट ५५ हजार ५ सय राजस्व संकलन भएको जनाईएको छ । सो आर्थिक वर्षमा अवैध मदिरा व्यापार सम्वन्धि एउटा मुद्धा दर्ता भई फैसला समेत भएको जनाईएको छ । पछिल्लो समयमा मदिराजन्य वस्तुको प्रयोग र विक्रि बितरण बढे संगै अघिल्ला आर्थिक वर्षहरुको तुलनामा यसबाट वढि राजस्व संकलन भएको कार्र्यालयको भनाई छ ।